Logo

२०८३, आश्विन ९गते


images
images

मुख्य समाचार

देवदहका विद्यालयमा कोलिय सहकारीका अवैध 'बाल क्लब'

देवदहका विद्यालयमा कोलिय सहकारीका अवैध 'बाल क्लब'

images
  • देवदहका विद्यालयमा कोलिय सहकारीका अवैध 'बाल क्लब'
    images
    images

    देवदह । 'बित्तीय साक्षरता तथा आधारभुत सहकारी शिक्षा तालिम'को नाममा देवदहस्थित कोलिय सहकारी संस्थाले विद्यालयमा अबैध रूपमा 'बाल क्लब' गठन गरेको पाईएको छ। देवदह-६ स्थित युगज्योति माध्यमिक विद्यालयमा विद्यालयको आधिकारिक बाल क्लब हुँदाहुँदै सहकारीको छुट्टै बाल क्लब बनाईएको गुनासो आएपछि सरोकारबाला निकायसंग बुझ्दा कोलिय सहकारीले विद्यालयहरूमा अनाधिकृत ढंगले बाल क्लब गठन गरेको पाईएको हो। 

    images
    images
    images

    सहकारीको बाल क्लब सम्बन्धि 'अभियान'बारे सहकारीका अध्यक्ष शुभकान्त न्यौपानेसंग बुझ्दा उनले आफूहरूले बालबालिकाकोबिचमा सहकारी सम्बन्धि काम गर्ने उद्देश्य सहित विद्यालयमा आफ्नो सहकारीका शेयर सदस्यका छोराछोरीको छुट्टै बाल क्लब गठन गर्ने अभियान चलाईएको बताए। 

    images
    images
    images

    'विद्यालयभित्र प्रवेश गरि बाल क्लब गठन गर्न तपाईंहरूले नगर शिक्षा शाखाबाट अनुमति लिनुभएको छ? भन्ने सेतोमसीको पहिलो प्रश्नमा अध्यक्ष न्यौपानेले अनुमति नलिईएको प्रष्ट पारे । सेतोमसीसंगको कुराकानीमा उनले राम्रो उद्देश्यले अभियान सुरू गरिएको दावी गर्दै कोलिय सहकारीका सेवा क्षेत्रका ११-१२ वटा विद्यालयमा आफ्ना शेयर सदस्यका छोराछोरीका लागि छुट्टै बाल क्लब गठन गर्ने सहकारीको निर्णय अनुसार अभियान चलाईएको बताए। 

    images
    images
    images

    हरेक विद्यालयमा विद्यालयले गठन गरि नगरपालिकाले आधिकारिकता प्रदान गरेका बाल क्लब हुँदाहुँदै छुट्टै र 'समानान्तर बाल क्लब' बनाउँनुपर्ने आवश्यकता किन पर्यो भन्ने प्रश्नमा उनले रवाफ सहितको जवाफ दिए।  उनले भने,  "हामीले बनाउने क्लब सरकारी क्लब वा विद्यालयको क्लब नभएर हाम्रो आफ्नै क्लब हो।" यसरी क्लब गठन गर्न मिल्छ त भन्ने प्रश्नमा उनले आफूहरूले बालबालिकामा सहकारी शिक्षा प्रदान गर्ने दाबी दोहोर्याए। आफुहरूले बनाउने क्लब समानान्तर नहुँने उल्लेख गर्दै उनले बालबालिकालाई कार्यक्रम गर्न प्रतिविद्यालय वार्षिक दुई हजार समेत उपलब्ध गराईने हुँदा कार्यक्रमले बालबालिकालाई राम्रो हुने दाबी गरे।

    'तपाईं अध्यक्ष रहेको सहकारीका शेयर सदस्यका छोराछोरी मात्रै सदस्य हुन पाउने बाल क्लब गठनले अन्य बालबालिकामा विभेद र मनोबैज्ञानिक असर गर्दैन?' भन्ने प्रश्नमा समेत उनी बालमनोविज्ञानको विषयमा संवेदनशील देखिएनन्। सबै बालबालिकाका अभिभावक कोलिय सहकारीको सदस्य हुँन पाउने भएकोले त्यसले विभेद नगर्ने र बालबालिकामा नकारात्मक असर नगर्ने तर्क गरे।

    यस विषयमा कुरा गर्दै युगज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले उक्त कार्य आफु प्रधानाध्यापक नहुँदैको भएकोले सबै बताउँन नसक्ने बताए। साथै उनले विद्यालयमा विद्यालयले गठन गरेको आधिकारिक बाल क्लब कायम रहेको हुनाले अनाधिकृत ढंगले अन्य बाल क्लब गठन भएको भए खारेज गरिने बताए।

    विद्यालयको ठोस जवाफका लागि हामीले विद्यालयका सह-प्राचार्य हरि प्रसाद भण्डारीसंग जिज्ञासा राख्दा उनले सहकारीले सहकारीले अन्य सबै विद्यालयमा कार्यक्रम गर्दै आएको र आफ्नो विद्यालयमा समेत कार्यक्रम गर्न दिन अनुरोध गरेको हुनाले आफुहरूले विद्यालयमा प्रवेश र कार्यक्रम गर्न दिएको बताए ।

    युगज्योति माविमा मात्रै नभएर कोलिय सहकारीले देवदहका अन्य विद्यालयमा समेत आफ्ना शेयर सदस्यका छोराछोरीका लागि छुट्टै बाल क्लब बनाएको अध्यक्ष न्यौपानेको भनाईलाई पछ्याउदै हामीले देवदहकै केरवानी माध्यमिक विद्यालयमा यसबारे सोधपुछ गर्यौं। सेतोमसीसंगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले  केहिदिन अघि विद्यालयमा कोलिय सहकारीका केही व्यक्ति आएको र सहकारी तालिमका लागि अनुमति दिईएको भएपनि बाल क्लब बनाउने कुरामा भने आफुले इन्कार गरेको बताए।

    यस विषयमा हामीले नगर बालसंजालका फोकल पर्सन पर्शुराम ढकालसंग कुरा गर्दा उनले विद्यालयले गठन गर्ने बाल क्लब बाहेक विद्यालयमा अरू बाल क्लब गठन गर्न पाईने व्यवस्था नरहेको बताए । 'तपाईंहरूसंग अनुमति लिईएको छ' भन्ने प्रश्नमा अधिकृत ढकालले आफुहरूसंग कुनै पनि प्रकारको अनुमति नलिईएको र अनुमति दिन पनि नमिल्ने प्रष्ट पारे ।

    विद्यालयमा सहकारीको अनाधिकृत प्रवेशबारे नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मासंग कुरा गर्दा उनले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावक वा अन्य आधिकारिक निकाय बाहेकले शिक्षा शाखाको अनुमति बिना विद्यालयमा प्रवेश गर्न नपाईने बताए । त्यस प्रकारका संस्थाहरू विद्यालयमा प्रवेश गर्नै पर्नेभए शिक्षा शाखाको अनुमति अनिवार्य हुने उनको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।