देवदह । नमुना एभरग्रीन इ. बो. मा एभरग्रीन बाल क्लबको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सभाहलमा भएको भेलाले सलिना फालको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी गठन गरेको छ।
जसमा एलिना गाहा उपाध्यक्ष, रिया थापा सचिव, रिजन थापा सह- सचिब , कोषाध्यक्षमा अनुस चालिसे, सह-कोषाध्यक्षमा ज्योति अग्रहरी तथा सदस्यहरुमा उपास्ना थापा, सलोन सिंह ठकुरी, सौरब सारु, बिदान खत्री, प्रतिक भट्टराई , पारु राई र शृजन शाही ठकुरी चयन गरेको छ।
उक्त कार्यक्रम बाल क्लबका अध्यक्ष कृस्टिना सिन्जापतीको अध्यक्षता, बिधालयका प्रिन्सिपल कमल पौडेलको प्रमुख आतिथ्यता,प्राथमिक तह इन्चार्ज सृष्टि बरालको संचालन तथा अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरको सहजीकरणमा सम्पन्न भएको थियो।
पुनर्गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल पौडेलले बाल क्लबको महत्त्व र भुमिकामाथि चर्चा गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology