नविन लुइँटेल, रूपन्देही। देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि अघि बढेको बताएकी छन् ।
देवदह नगरपालिका वडा नं ५ को आयोजनामा देवदह स्थित पानबारी खेलमैदानमा सुरु भएको निशुल्क फुटबल प्रशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सो कुरा बताएकी हुन्। उनले भनिन् ‘हाम्रो पालिकाले खेलाडी उत्पादनमात्र गरेको छैन उत्पादन भएका खेलाडीको संरक्षण पनि गरेको छ, पालिकाले खेल क्षेत्रकालाई बिभिन्न प्रतियोगिता जस्तै मेयर कप, वडा अध्यक्ष, कप सञ्चालन गरेको छ। यसले आम युवालाई खेल क्षेत्रसँग जोडेको छ। अबको आर्थिक वर्षमा ठोस योजना नगरले बनाउने छ'। गुरुङका अनुसार वडा नं ५ अरु वडाले भन्दा पृथक कार्यक्रम गर्दै आएको र समाजमा सकारात्मक सन्देश तथा खेलाडी उत्पादनमा वृद्धि हुनाले यस्ता कार्यक्रम गर्न आवश्यक बताइन् ।
नगर प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले अहिले वडा नं ५ ले १४ वर्ष भन्दा मुनी र १८ वर्ष भन्दा मुनिका खेलाडीलाई समेटिने गरि दुई समूह बनाउने गरि तालिम सञ्चालनमा ल्याएको बताएका छन् । उनका अनुसार विद्यार्थीहरूलाई पढाइ सँगै खेलको आवश्यक भएको कारण खेल प्रशिक्षण कार्यक्रम ल्याएको बताए ।
खेल प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा राष्ट्रिय स्तरमा तालिम दिदै आएका विष्णु प्रसाद पौडेललाई नियुक्त गरिएको छ। प्रशिक्षण पौडेलका अनुसार स्थानीय तह अन्तरगत यो पहिलो प्रशिक्षण कार्यक्रम रहेको र यो प्रशिक्षण कार्यक्रमले गर्दा खेलाडीलाई थप उर्जा प्रदान गर्ने बताए। उनले खेलाडीलाई आफ्नो नगरपालिकाले यस्तो तालिम ल्याए वडा, नगर, जिल्ला हुँदै राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सक्ने बताएका छन्। उक्त कार्यक्रममा ३५ जना खेलाडीहरूले खेल तालिम लिने भएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology