देवदह । प्रथम इण्डो नेपाल खुला कराते प्रतियोगितामा सहभागी हुन खेलाडीसहित ७ सदस्यीय नेपाली वादोरियो कराते टोली सोमबार इण्डिया प्रस्थान गरेको छ ।
मे २६ देखि २८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजिमा सुगन बस्याल तथा ६७ केजिमा मनिष रोका मगर, ४० केजिमा बिसन थापा र ७५ सागर काफ्लेले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा ज्ञान बहादुर थापा र अफिसियलमा हरिशरण केसी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology