Logo

२०८३, आश्विन ९गते


images
images

रेशम चौधरीले भने ‘मलाई मृत्युदण्ड स्वीकार छ’

रेशम चौधरीले भने ‘मलाई मृत्युदण्ड स्वीकार छ’

images
  • सेतोमसी सहकर्मी
  • रेशम चौधरीले भने ‘मलाई मृत्युदण्ड स्वीकार छ’
    फाईल फोटो
    images
    images

    काठमाडौँ । जन्म कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवम् संरक्षक रेशम चौधरीले मृत्युदण्ड स्वीकार भएको बताएका छन् । उनले आफ्नो मुद्दाको पुनरावेदनमाथि सर्वोच्च अदालतले गरेको फैसलाउपर यस्तो टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका उनलाई सर्वोच्च अदालतले सफाइ दिन अस्वीकार गरेपछि सदरखोर डिल्लीबजारमा लेखेको संस्मरणमा सो कुरा व्यक्त गरेका छन् । यसअघि जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

    images
    images
    images

    तर सर्वोच्चले यसअघि जिल्ला र उच्च अदालतको फैसलालाई नै सदर गरिदिएपछि चौधरी जेल बाहिर आउने सम्भावना टरेको हो ।न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गत हप्ता उनलाई सफाइ नदिने फैसला सुनाएको छ । टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय गरेपछि उच्च अदालतमा पुनरावेदन गरेका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो। उनीविरुद्ध २०७२ भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र एक बालकसहित नौ जनाको हत्यामा संलग्न रहेको आरोप छ । उनले सोही सन्दर्भमा संक्षिप्त आत्मवृत्तान्त लैख्दै मृत्युदण्डको माग गरेका हुन् । तर मुलुकको कानुनमा मृत्युदण्डको व्यवस्था छैन ।

    images
    images
    images

     

    उनले लेखेका छन्, ‘त्यति क्रुर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु, म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दूधे बालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ?’

    उनले न्यायको आशा अझै मारेका छैनन् । आफूले रोषमात्रै प्रकट गरेको बताएका छन् । उनले अब आफूलाई कि न्याय कि मृत्युदण्ड चाहिएको विषय पनि उल्लेख गरेका छन् । लेखेका छन्, ‘साँच्चिकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुण्डिई मर्ने इच्छा छ । नभए मलाई न्याय दिनैपर्छ ।’

    यति लेख्नुअघि उनले टीकापुर घटना नहुनुपर्नेमा भएको टिप्पणी पनि गरेका छन् । ‘आठ प्रहरी र एक बालकले सहादत प्राप्त गरेकै हुन्,’ चौधरी लेख्छन्, ‘तर के ती सहीदहरुको संहार कुनै बन्द कोठा वा गुफामा गरिएको हो र ?’ उनले भदौ ७ गतेको घटनापछि केही समय भारतमा गएर बसेको स्वीकारेका छन् । तर, भारत जानुलाई चौधरीले सामाजिक सद्भाव खलबलिन नदिन गरेको प्रयत्न भनेका छन्। चौधरीको लेखमा उक्त घटनालाई राजनीतिक घटनाको ठोकुवा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।