राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा रहेको अस्थायी कोरोना अस्पताललाई बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको प्रकोपको सामना गर्न बेड तथा स्वास्थ्य सामाग्रीको अभाब नहोस भन्दै उक्त स्वास्थ्य समाग्री बितरण गरिएको सिडियम नेपालका अध्यक्ष बिनोद घिमिरेले बताए । मेडिकल टेन्ट, बेड्सिट, नेबुलाइजर तथा अन्य स्वास्थ्य सामाग्री गरी करिब छ लाख पचास हजारको स्वास्थ्य सामाग्री बितरण गरिएको अध्यक्ष घिमिरेले बताए ।
यो जटिल परिस्थितिमा समग्र जनताको सुरक्षाका लागि अति आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु मानवीय सेवा रहेको भन्दै देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री तथा उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले सिडिएम नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गरेकाछन ।
देवदह नगरपालिकाका प्रमुख, उपप्रमुख देवदह स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे लगायत सिडिएम नेपालका अन्य पदाधिकारिहरुको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology