बुटवल । नेपाल प्रेस युनियन रूपन्देहीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
बुटवलमा आज एक समारोहकाबिच निबर्तमान सभापति रेखा भुसालको नेतृत्वले नवनिर्वाचित अध्यक्ष कविन्द्र नेपालको नेतृत्वलाई पदहस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले संसारमा सबैभन्दा सम्मानित पेशा पत्रकारिता रहेको भन्दै समाजको नेतृत्व पत्रकारिताले मात्रै गर्ने बताउनुभयो । उनले निडर र निर्भिक भएर समाज रुपान्तरण गर्न मिडियाको भूमिका रहने बताए।
सो अबसरमा युनियनका पुर्व अध्यक्षहरू रामराज पोखरेल, भवानीप्रसाद पाण्डे ,बिक्रम खड्का,निवर्तमान अध्यक्ष रेखा भुसाल,निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डे,सदस्य बिजय पोखरेल,प्रदेश कोषाध्यक्ष सीपी खनाललगायतले बोल्दै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ संगठनको गरिमा कायम राख्दै अघि बढ्न सुझाव दिएका थिए।
सोही कार्यक्रमको अवसर पार्दै नेपाल प्रेस युनियन रुपन्देहीका पुर्व सभापति रामराज पोखरेलले आफूले पाएको जीपी कोईराला स्मृति पत्रकारिता पुरस्कारको २५ हजार रकम युनियनलाई नै हस्तान्तरण गरेका छन ।
नव निर्वाचित अध्यक्ष कविन्द्र नेपालले सबैलाइ समेटेर कार्यकाललाइ थप रचनात्मक बनाउने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology