Logo

२०८३, श्रावण २७गते


images
images

पिलर उखेलिएकोले कोटियादेवी मन्दिरमा जोखिम बढेको भन्दै स्थानिय आक्रोशित 

पिलर उखेलिएकोले कोटियादेवी मन्दिरमा जोखिम बढेको भन्दै स्थानिय आक्रोशित 

images
  • पिलर उखेलिएकोले कोटियादेवी मन्दिरमा जोखिम बढेको भन्दै स्थानिय आक्रोशित 
    images
    images

    राहुल देव सापकोटा, देवदह । देवदह । रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहामा रहेको कोटियादेवी मन्दिरको जग्गा भत्काएको भन्दै स्थानिय आक्रोसित भएका छन । मन्दिर परिसरको जग्गामा रहेको पिलर भत्काएर एक स्थानियबासी चमकान्त गौडेलले उक्त पिलर मन्दिर छेउ फालिदिएको र लगातार आएको बर्षाका कारण उक्त क्षेत्र क्षतिग्रस्त भएको स्थानियको भनाइ छ । 

    images
    images
    images

    पिलर भत्काईएको घटनाबारे वडा लाई खबर गरेर चैतमा निबेदन पनि बुझाए पनि वडाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । यसबारे वडाअध्यक्ष केशवराज भट्टराईसंग कुरा गर्दा, हिजोको दिनमा मन्दिर समितीले उक्त पिलर निर्माण गरिरहदा स्थानिय गौडेलले कुनै आपत्ती नजनाएको र अचानक त्यसरी मन्दिरको संरचना भत्काउन नहुने बताए । सार्बजनिक मन्दिर संरचना यसरी भत्काइँरहदा र स्थानियले यसबारे जानकारी गराउँदा पनि वडा कार्यालय किन मौन रहयो भनेर प्रश्नमा वडाध्यक्ष भन्छन - "हामी योजनाको काममा थियौं र आर्थिक बर्षको अन्त्यमा पनि भएकाले कार्यालयमा अलि व्यस्त पनि भयौं ।" 

    images
    images
    images

    यस बिषयमा चमकान्त गौडेलसङ्ग कुरा गर्दा उनले आफू मन्दिर पुन:निर्माण समितिको अध्यक्ष समेत रहेकोले आफुबाट त्यस्तो कार्य हुनै नसक्ने बताए । आफ्ना पुर्खाहरुले मेहनत गरेर बनाएको उक्त मन्दिरको अत्यन्तै माया लाग्ने बताउँदै गौडेलले स्थानीयले आफुद्वारा भत्काईएको भनिएको पिलर मन्दिर एरियाबाट झण्डै १०-१२ फिटको दुरिमा रहेको र उक्त पिलरको कारणले समस्या नआएको जिकिर गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।