पर्वत । नेपाली कांग्रेस पर्वत जिल्ला सचिवका प्रत्याशी मोहन आचार्यले पार्टी परित्याग गरेका छन् ।
कांग्रेस १४ औं महाधिवेशनमा पर्वत जिल्ला सचिवमा हारेका उनले साढेदुई दशकदेखि आवद्ध भएको पार्टी नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।
‘करिब २५ वर्षको यात्राबाट विश्राम लिँदै फरक यात्राका जोडिने सोचमा रहेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आचार्य नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।
पार्टीले अवसरवादीलाई मात्र ठाउँ दिएकाले आफूले पार्टी परित्याग गरेको आचार्यले बताए । उनले भने,‘कांग्रेस अवसरवादीको मात्र पार्टी भयो । पार्टीमा नेताको चाकडी गर्नेलाई मात्र अवसर मिल्ने अवस्था रह्यो । हामी जस्तो इमान्दार निष्ठाको राजनीति गर्ने मान्छेको काम छैन ।
यसअघि कांग्रेस पर्वतका सभापतिका प्रत्याशी प्रभावशाली युवा नेता मिलन सुवेदी ३१ जनाले एकैपटक पार्टी परित्याग गरेका थिए ।
जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत थिए ।
उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन् । त्यसको केही दिनपछि नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले पनि पार्टी परित्याग गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology