पोखरा । पोखरा कृषि अनुसन्धान निर्देशनालय लुम्लेको गाडी दुरुपयोग गरेको भन्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनले नियन्त्रण लिएका छन् । उक्त गाडी प्रयाेग गरी कर्मचारी विवाहाकाे भाेज खान गएकाे पाइएकाे छ ।
निर्देशनालयका निर्देशक डा.कालिका प्रसाद उपाध्यायले गण्डकी वि.ए.वि. ७४३८ नम्बरको स्कोरपियो विवाहमा प्रयोग गरेपछि विद्यार्थी संगठनले चाबी थुतेर प्रहरीलाई बुझाए । निर्देशक उपाध्यायले लुम्लेदेखी पोखरा २५ हेम्जामा एक विवाहमा उक्त गाडी लिएर आएका थिए । उनीसंगै कर्मचारी स्याप्रसाद पौडेल समेत विवाहमा सहभागि भएका थिए ।
अखिल क्रान्तिकारीका कास्की जिल्ला उपाध्यक्ष सुमन सुवेदीले सरकारी गाडीको दुरुपयोग गरेका कारण आफुहरुले नियन्त्रणमा लिएर प्रहरीलाई चाबि बुझाएको बताए ।उनले कुनैपनि बहानामा व्यक्तिगत कामका लागि सरकारी गाडी प्रयोग गर्न नपाउने बताए । उनले व्यक्तिगत साधन प्रयोग गर्न अनुरोध गरे ।
क्रान्तिकारीका केन्द्रिय सदस्य सुजन सापकोटाले भ्रष्ट आचरण जति सबै भ्रष्टचार भएको बताए । सरकारी सम्पत्तिको दोहन भएको उनले बताए । काम विशेषले नभई विवाहकै लागि यसरी आउनु गलत रहेको बताए ।
उता निर्देशक उपाध्यायले भने आफुहरु बाटो परेका कारण पसेको बताए । आफुहरु पोखरा पुगेर आएको बताए । तर सोही कार्यालयका एक कर्मचारीले भने उनीहरु विवाहकै लागि आएको बताए ।
यहाँबाट दुई वटा गाडी गएको थियो । त्यहाँ एउटामात्रै पुगेको भन्ने सुनियो । यो भन्दा अघि पनि विवाहका लागि खसी बोक्ने काम गरेको थियो” कर्मचारीले भने,“यो भन्दा अघि पनि यहि कार्यालयको गाडी दुरुपयोग गरेकै कारण एक हप्तासम्म चाबि थुतेको थियो । अहिले पनि सोही गल्ति दोहोरियो ।” निर्देशक उपाध्यायले भने, आफुले गल्ति गरेको स्विकार गर्दै एक पटकलाई छाडिदिन आग्रह गरेका थिए ।
तर विद्यार्थी संगठनले भने ट्राफिक नियमअनुसार कारवाहि गर्नका लागि प्रहरीलाई बुझाएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology