Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

images
  • कांग्रेस पदाधिकारी बैठक बस्दै
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। 

    images
    images
    images

    आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवको निवास धुम्बाराहीमा बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए। 

    images
    images
    images

    पार्टीको विभाग र भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।

    images
    images
    images

    आजको  बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ। 

    यसअघि हिजो साँझ पनि  बैठक बसेको थियो। 

    हिजोको बैठकमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे छलफल भएको थियो।

    बैठकमा खाणलाई निलम्वन गर्नेबारे  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा छलफल भएपनि निर्णय भने भएन। 

    अहिले आरोप पुष्टि नभइसकेको र खाणले प्रहरी अनुसन्धानमा सघाइरहेका कारण उनलाई तत्काल निलम्वन गर्न आवश्यक नरहेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका थिए। 

    खाणबारे बुधबार नै छलफल भइसकेका कारण आज पार्टीको आन्तरिक संगठन र विभागलाई पूर्णता दिनेबारेमा छलफल केन्द्रीत हुने ती पदाधिकारीले जानकारी दिए।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।