Logo

२०८३, आश्विन ९गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

तीन पटकको बिजेता जर्मनी युरोकप बाट बाहिरियो, इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

तीन पटकको बिजेता जर्मनी युरोकप बाट बाहिरियो, इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

images
  • तीन पटकको बिजेता जर्मनी युरोकप बाट बाहिरियो, इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश
    images
    images

    १६ असार, एजेन्सी-उपाधी दाबेदार मानिएको जर्मनीलाई हराउदै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

    images
    images
    images

    गएराती सम्पन्न खेलमा जर्मनीलाई २-० गोल अन्तरले परजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो । जर्मनी तीन पटकको युरोकप च्याम्पियन हो । उसले १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि उचालेको थियो ।

    images
    images
    images

    इंग्ल्यान्डको जितमा रहीम स्टरलिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलको ७५औं मिनेटमा स्टरलिङले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए भने केनले खेलको ८६औं मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए ।

    images
    images
    images

    यो हारपछि जर्मनी युरोकपबाट बाहिरिएको छ । क्वाटरफाइनलमा पुगेको इंग्ल्यान्डले अब युक्रेनको सामना गर्ने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।