Logo

२०८३, आश्विन ९गते


images
images

पुतलीबजारको १४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री

पुतलीबजारको १४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री

images
  • पुतलीबजारको १४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री
    images
    images

    राजेश पराजुली गण्डकी प्रदेश । स्याङ्ज संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

    images
    images
    images


    गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो । 

    images
    images
    images


    चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरले हस्तान्तरण गरिन् ।

    images
    images
    images


    सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’


    उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् ।


    यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए  ।
    प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए ।


    सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

    जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन  सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शैक्षिक सामग्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।