राहुल देव सापकोटा , देवदह । विपि स्टडी युथ सर्कल जिल्ला कार्यसमिति रुपन्देहीले देवदह प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाइ सम्मान गरेको छ । कोरोना महामारी लगायत हरेक बिपत्तिमा अग्रपंक्तिमामा रहेर काम गरेको भन्दै प्रहरीलाई सम्मान गरिएको बिपि स्ट्डि युथ सर्कल लुम्बिनी प्रदेश सभापती लक्षम्ण गौतमले बताए ।
बिगतमा प्रहरी चौकी निर्माण वा प्रहरी सङ्ग साझेदारी गर्ने कुरामा सधै साथ दिएको र अब पनि प्रहरी सङ्ग हातेमालो गर्दै बिपत्तिमा उद्दारका लागि खटिने स्थानीय समाजसेवी बासुदेव रिमाल बताए ।
देवदह प्रहरी चौकीका प्रहरी प्रमुख दिपक महत क्षेत्रीले यस्ता उत्साह र हौसलाले प्रहरीहरुलाइ अझ हौसला मिल्ने भन्दै कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गरे ।
बिपि स्ट्डि युथ सर्कल जिल्ला कार्यसमिती रुपन्देहि पदाधिकारी एवं देवदहका स्थानीयहरुको उपस्तिथि रहेको उक्त कार्यक्रम बिपि स्ट्डि युथ सर्कल जिल्ला कार्य समिती रुपन्देहिका सभापती निराजन खरेलको अध्यक्षता र बिपि स्ट्डि युथ सर्कल जिल्ला कार्य समिती सचिब राजु पाण्डेको संचालन सम्मपन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology