देवदह । सामाजिक सेवा समूहले कोरोना महामारी एवं बाढीबाट प्रभावित समूदायलाई राहत वितरण गरेको छ । देवदहका विभिन्न स्थानमा पुगि सो समूहले राहत वितरण गरेको हो ।
देवदहस्थित मदनग्राम र बंगाला क्षेत्रमा बसोबास गर्ने अतिविपन्न समूदायलाई राहत वितरण गरिएको उक्त समूहका बुटवल शाखा कार्यबाहक अध्यक्ष रोहित वाग्लेले बताए । उनका अनुसार समूहले प्रती परिवार २५ केजी चामल, तेल, नुन, सोयाविन, दाल लगायतका खाद्य सामग्री प्रदान गरेको छ ।
राहत वितरण कार्यक्रममा सो समूहका क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं केन्द्रिय कार्यालय रहेको उक्त समूहको बुटवल शांखाले अतिप्रभावित बस्ती एवं समूदायको दैलोमै पुगि आवस्यक राहत वितरण गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology