Logo

२०८३, कार्तिक २५गते


images
images

देवदहमा 'लम्पी स्किन' रोगको संक्रमण, दर्जन बढी गाई मरे (के हो लम्पी स्किन रोग?)

देवदहमा 'लम्पी स्किन' रोगको संक्रमण, दर्जन बढी गाई मरे (के हो लम्पी स्किन रोग?)

images
  • देवदहमा 'लम्पी स्किन' रोगको संक्रमण, दर्जन बढी गाई मरे (के हो लम्पी स्किन रोग?)
    images

    विष्णु पोखरेल, देवदह । रुपन्देहीको देवदहमा गाई र भैंसीमा देखिने गम्भीर प्रकृतिको लम्पी स्किन रोगको संक्रमण फैलिएको छ। लम्पी स्किन रोगका कारण देवदहमा एक दर्जन बढी गाईको मृत्यु भैसकेको नगर पशु शाखा प्रमुख हर्क बहादुर दानीले जानकारी दिए। 

    images
    images
    images

    "यो रोगको संक्रमण अत्यन्तै फैलिएको छ, दर्जन बढी गाईको मृत्यु भैसकेको छ भने अन्य दर्जनौं गाईबस्तु संक्रमित भएका छन्" पशु शाखा प्रमुख हर्क बहादुर दानी सेतोमसीसंग भने, "समयमै रोकथाम गर्न सकिएन भने यसले गम्भीर स्थिति सिर्जना गर्न सक्ने र गोठै रित्तिन सक्ने अवस्था आउन सक्ने देखिन्छ ।" 

    images
    images
    images

    प्रमुख दानीले पशुमा घाँटी, पुच्छर, पेट, थुनमा गिर्खा देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, फिँज काट्ने तथा दूध घट्ने लक्षण देखिए तत्काल नजिकको पशु चिकिक्सकसँग परामर्श गर्न र त्यस्ता पशुलाई 'आइसोलेट'  गर्न अनुरोध गर्दै रोगको उपचार नभएपनि रोकथामका उपाय अपनाएर शक्तिवर्दक खाना र औषधीको उचित व्यवस्थापन हुनसक्ने संक्रमित पशु निको हुन सक्ने बताए। साथै संक्रमित पशु बाँध्ने र गोठ सफा राख्ने विषयमा ध्यान दिनसमेत उनले किसानलाई अनुरोध गरेका छन्।

    images
    images

    देवदह नगरपालिका वडा नम्बर ५ स्थित गिरीप्रसाद पाण्डेको घरमा केहि दिनको अन्तरालमै दुई वटा गाई मरेको खबर प्राप्त गरेपछि रिपोर्टिंगमा गएको सेतोमसी टिमसँग कुरा गर्दै किसान पाण्डेले पशुमा तिब्र संक्रमण हुने र संक्रमण भएको केहि दिनमै गाई मर्ने गरेको बताए।  बिहिबार एउटा ब्याउने बेला भएको गाई मरेको र आइतबार फेरी अर्को एउटा बर लाग्ने बेलाको बाच्छी मरेको जानकारी दिंदै कृषक पाण्डेले अन्य गाई समेत संक्रमित भएको बताए। 

    त्यसैगरि देवदह-४ सिगाहास्थित गाईपालक किसान बिरेन्द्र पाण्डेले पनि आफ्नो गोठमा समेत एउटा गाई संक्रमित भएर अन्तिम अवस्थामा पुगेको बताउंदै अन्य गाईमा पनि संक्रमण हुने होकी भन्ने चिन्ताले पिरोलेको बताए। 

    पशुमा ब्यापक रोग संक्रमण भैरहेको र धमाधम गाईबस्तु मारिरहेको अवस्थामा देवदह नगरपालिकाले यसलाई कसरि लिएको छ र के कस्तो तयारी गरेको छ भन्ने सेतोमसीको प्रश्नमा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले रोगको संक्रमणबारे नगरपालिकाले जानकारी लिईरहेको र विपत व्यवस्थापन समितिको बैठक समेत बसेर तत्कालिन रूपमा रोगलाई कसरि नियन्त्रण गर्ने र त्यसबाट प्रभावित किसानलाई कसरि राहत दिने भन्ने विषयमा नगरपालिकामा छलफल भएको बताए।  सोमबार जिल्ला पशुसेवा कार्यालयको विशेषज्ञ टिमले अनुगमन गर्ने र नगरपालिकाको १२ वटै वडाका अध्यक्ष सहितको विशेष बैठकले बोलाईएकोले उक्त बैठकमा यसबारे थप निर्णय लिने उनको भनाई छ।  

    के हो लम्पी स्किन रोग?

    यो रोग लम्पी स्किन डिजिज भाइरसबाट गाईभैंसीमा लाग्छ । यो पक्सविरिडेड (Poxviridae) परिवारको डीएनए भाइरस हो । यो रोग नेपालको झापा, मोरङ, सुनसरी, रौतहट, मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, काठमाण्डौं, रुपन्देही लगायत ५० बढी जिल्लामा देखिएको छ । लम्पी स्किन डिजिज (एलसीडी) अफ्रिकी राष्ट्रबाट सन् २०१२ बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो । नेपालमा जुलाइ २०२० मा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग यकिन भइसकेको छ । यो रोग पशुहरुबाट मानिसमा हालसम्म सरेको भेटिएको छैन।

    यो रोग एक विषाणु संक्रमणजन्य रोग हो। लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन्। यसको अलावा रोगी पशुहरुको सिंगान,  दूध, र घाउबाट निस्केको पीप, रगतजस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ।

    रोगी पशुहरुलाइ राम्रो हेरविचार गरि संतुलित पौष्टिक आहारा खुवाई सेकेण्डरी ब्याक्टेरियल ईन्फेक्सनहरुबाट जोगाउन ३/४ दिनसम्म एन्टिवायोटिकले उपचार गरेमा पशु निको हुने सम्भावना बढि हुन्छ।

    यो रोग नेपालमा पहिलोपटक देखिएको र यसको उपचार पनि नभएकाले जैविक सुरक्षा र सावधानी अपनाउनु नै यसबाट पशुहरुलाई जोगाउने प्रमुख उपाय हो। अन्य देशहरुमा यसको खोप उपलब्ध भएता पनि नेपालमा हालसम्म खोप ल्याईएको छैन।

    यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी हुनेहुँदा विशेष सतर्कता अपनाउनुपर्छ ।

    रोग सर्ने तरिका

    यो रोग किर्नाले, लामखुट्टेको टोकाइ, डांस, झिंगाको टोकाइबाट सर्छ। साथै जैविक सुरक्षा अवलम्बन नगरीकन पालिएका गाई भैंसीमा संसर्ग, लसपसबाट सर्छ । साथै संक्रमित पशुमा प्रयोग गरेको सुई स्वस्थ पशुमा प्रयोग गरे पनि रोग सर्छ । दूषित दाना पानी, घाँस परालमार्फत पनि रोग सर्न सक्छ ।

    रोग सर्ने अवधि

    पशुमा ज्वरो भाइरस प्रवेश गरेको ६ देखि ९ दिनभित्र आउँछ । बिरामी गाई, भैंसीको छालामा गिर्खा, ४ देखि २० दिनभित्र देखापर्छ । ओआईईको मापदण्डमा रोगको इन्कुवेसन पिरियड २८ दिन तोकिएको छ ।

    गाई भैंसीमा रोग ५ देखि ४५ प्रतिशतमा लान सक्छ। एलएसडीमा मृत्युडर १० प्रतिशतभन्दा कम नै हुन्छ ।

    रोगको लक्षण

    १. उच्च ज्वरो १०४ वा बढी आउने ।
    २. शरीरको विभिन्न ठाउँमा घाँटी, पछाडिको खुट्टा पेट र थुन वरपर सानादेखि ठूला गिर्खाहरु देखिने ।
    ३. मुखबाट फिज बग्ने, सिंगान तथा चिप्रा कचेरा निकाल्ने ।
    ४. दुध उत्पादन २५ (८० प्रतिशत घट्ने ।
    ५. ब्याउने पशुले तुहाउने र बाँझोपनासमेत देखिने ।

    उपचार

    क. ज्वरो आएमा एन्टिपाइरेटिक औषधि दिई ज्वरो घटाउन दिनुपर्छ ।
    ख. दोस्रो ब्याक्टेरियल संक्रमण रोग एन्टिवायटिक्स दिन सकिन्छ ।

    रोग नियन्त्रणका उपाय

    क. गोठमा जैविक सुरक्षा अवलम्बन गर्ने ।
    ख. लामखुट्टे, किर्ना, डाँस, झिङ्गा न्यूनीकरण गर्न सरसफाइ गर्ने, नजिकै पानी जम्ने खाल्डो छोप्ने वा पुर्ने गर्नुपर्छ ।
    ग. लाइभ एटेन्युएटेड होमोलोगस निथलिङ स्ट्रेनको खोप ४ महिना वा बढी उमेरको गाई भैंसीमा खोप लगाउने । 
    घ. खोप लगाउन पूर्व रोग नलागेको क्षेत्रमा क्लिनिकल परीक्षण गरेरमात्र खोप लगाउने ।
    ङ. सिप पक्स गाई भैंसीमा लगाउन सकिन्छ । गोटपक्स पनि लगाउन सकिन्छ । तर नेपालमा यो खोप लगाउन उक्त रोगहरु महामारी नभएकोले गर्दा नलगाउने रणनीति छ ।
    च. पशु क्वारिन्टन सेवा मजबुत पार्ने पशु ढुवानी, गाई, भैंसी प्रजाति गर्दा पशु स्वास्थ्य प्रमाणपत्र र रोग नदेखिएको क्षेत्रबाट मात्र गर्ने ।
    छ. मरेको पशुलाई खाल्डोमा गाडी माथिबाट चुन छर्कने ।
    ज. सरसफाइ र गोठलाई निसंक्रमित गरी पुनः पशु गोठमा राख्ने ।
    झ. पशुमा तथा फार्ममा भेक्टर कन्ट्रोल गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने ।
    ञ. काँचो छाला तथा वीर्यबाट रोग सर्ने हुँदा यस्तो पदार्थ लम्पी स्किन मुक्त राष्ट्रबाट मात्र आयात गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।