देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले कोभिड महामारीमा नागरिकको जीवन रक्षार्थ खटिने व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ । महामारीको चपेटामा परेका नागरिकलाई अस्पतालसम्म पुर्याउन सहयोग गर्ने, अक्सिजनको व्यवस्थापन गर्ने र त्यसप्रकारका सूचनाहरुलाई जनसमक्ष पुर्याउने संचारकर्मी लगायतलाई राप्रपा देवदहले एक कार्यक्रम विच सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, राप्रपाका केन्द्रिय सदस्य ताहिर अलीले जनसेवामा खटिने व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरे । महामारीलाई नियन्त्रणमा लिन राज्यसंयन्त्र चुकेका बताउँदै नेता अलीले राप्रपा देवदह लगायतका स्थानीय राजनीतिक एवं सामाजिक संस्थाहरुको कृयाशिलताको प्रशंसा गरे ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी, राप्रपाका केन्द्रिय सदस्य तोयनाथ लम्सालले सबै संघ संस्था, मिडियाकर्मी र स्थानीयको सहयोग र उत्प्रेरणाले नै महामारीमा जनताको दु:खको सारथी बन्न आफु लगायत राप्रपाको सम्पुर्ण टिमलाई उर्जा मिलेको बताए ।
कार्यक्रममा कोभिड महामारीमा संक्रमित विरामीलाई अस्पताल पुर्याउन गाडी उपलब्ध गराउँने रेन्बो एकेडेमी, चालक दलका सदस्य एवं क्रियाशिल पार्टीका अन्य सदस्यहरु, उज्यालो लालटिन, दिर्घायू नेपाल, अनेरास्ववियु लगायतका संघसंस्था तथा सेतोमसी, गुराँस मिडिया, देवदह टिभी, बुटवल टुडे, रेडियो देवदह, खबरपात्रो, अञ्जुली अनलाइन, कामना डेलीलगायतका मिडियाका सम्पादक/प्रतिनिधिहरुलाई सम्मान-पत्र सहित खादा ओडाएर सम्मान गरिएको थियो ।
राप्रपा देवदह नगर समितिका अध्यक्ष माधव रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी नेताहरु हेमलाल गौतम, विनोद कुमार विक लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology