रूपन्देही । देवदहमा जारी ‘देवदह ट्यालेन्ट हन्ट’को दोस्रो अडिसन बैशाख १३ गते हुने भएको छ । केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको थीयो ।
फरक फरक बिधामा पहिलो राउनडमा ३५ जना छानिएका थीए । गायन, नृत्य, अभिनय,मोडलिङ विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले बताए । कार्यक्रममा सहभागीताकालागि कुनै शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा, व्यक्तिको बिकाश तालिम, आत्मरक्षक तालिम, मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology