Logo

२०८३, श्रावण २७गते


images
images

'पुल नगरपालिकाले बनायाे, बाटाे हामी बनाउंछाै' - मन्त्री पाण्डे

'पुल नगरपालिकाले बनायाे, बाटाे हामी बनाउंछाै' - मन्त्री पाण्डे

images
  • सेतोमसी सहकर्मी
  • 'पुल नगरपालिकाले बनायाे, बाटाे हामी बनाउंछाै' - मन्त्री पाण्डे
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तुु । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले विकासको प्रत्यक्ष अनुभुुती दिलाउने गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रदेशको विकासका लागि हरपल लागि परेको उहाँले बताउनुु भयो । 


     कपिलवस्तुुको कृष्णनगर नगरपालिकामा पर्ने छितौनी जोड्ने घोरही पुलको उदघाटन गर्दै मन्त्री पाण्डेले विकासको लागि प्रदेशले बजेट विनियोजन गरेको बताउनु भयो । पुल उद्घाटन गर्दै मन्त्री पाण्डेयले मर्चवार र कृष्णनगर क्षेत्रलाई आवश्यक याेजना मैले दिनेनै छु । साथै पुल निर्माण नगरपालिकाले गरेकाे छ भने बाटाे आफुले बनाईदिने प्रतिवद्धता समेत गर्नुभयाे ।

    कृष्णनगर नगरपालिकाको अवलोकन गर्दै भौतिक पुर्वाधर मन्त्री पाण्डेले कृष्णनगर बजार क्षेत्रको सडक विग्रेकोले मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । प्रदेश सरकारले लुम्बिनी प्रदेश भर विकासका लागि बजेट विनियोजन गरेको बताउँदै कृष्णनगर क्षेत्रको विकासका लागि यस बर्ष दुुई करोड रकम विनियोजित गरेको बताउनुभयो ।

    २०७६ मंसीर २८ गते कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले छितौनी जोड्ने घोरही पुलको शिलान्यास गर्नुु भएको थियो र सुरई खाेलामा झाेलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जाेडियाे ।

    साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका अति पछाडि परेकाे भदुई, बरईपुर गाउंहरुलाई शहरसंग जाेड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल साे पुल निर्माण भईरहेकाे जानकारी गराए । पुल बनेपछी एक दर्जन गाँउका बसिन्दा आवत गर्न पाउने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनुु भयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।