९ असार काठमाडौं । उन्नाइस दिन मात्र मन्त्री बनेका निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने कार्यकालको उपलब्धि फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू मन्त्री बनेको १९ दिनको अबधिमा चारवटा उपलब्धि हासिल गरेको दाबी गरेका छन् । गत २७ जेठमा नियुक्त भएका २० जना मन्त्रीलाई काम गर्न नदिन भन्दै सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिएको थियो त्यसपछि उनी पनि पदमुक्त भएका हुन्।
मन्त्री तामाङले कोभिड नियन्त्रणमा आफूले इमान्दार प्रयत्न गरेको बताएका छन् । उनले नेपालमा कोरोनाविरुद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी पनि गरेका छन् ।
केही दिनमै खोप आउने सुनिस्चित भइसके पनि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो भए र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भए त्यसको नैतिक जिम्मेवारी आफूले लिने उनले बताएका छन । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको पनि बताएका छन् ।
सबै नेपालीको स्वास्थ्य उपचार नि:शुल्क गर्ने गरि छलफल र प्रारम्भिक प्रक्रिया सुरु भएको त्यस्तै सबै सरकारी अस्पताललाई सुबिधा सम्पन्न बनाइ अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको पनि आरम्भ भएको बताएकाछन ।
त्यस्तै उनले गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागिसमेत पहल सुरु गरेको उल्लेख गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology