Logo

२०८३, आश्विन ११गते


images
images

तालबाराही मन्दिरको पुनर्निर्माण चल्दै

तालबाराही मन्दिरको पुनर्निर्माण चल्दै

images
  • सेतोमसी सहकर्मी
  • तालबाराही मन्दिरको पुनर्निर्माण चल्दै
    images
    images

    कृष्ण अन्जान , पाेखरा  । पाेखरा पुग्ने बित्तिकै फेवाताल पाेखराकाे पर्यायवाची हाे भने फेवातालमा रहेकाे तालबाराही मन्दिर आकर्षणकाे केन्द्र हाे ।
    बाह्रैमास फेवातालकाे किनारमा वाह्य र आन्तरिक पर्यटकहरुकाे घुईँचाे हुन्छ , यतिबेला त नेपाली नयाँ वर्षकाे सिजन मुख्य रुपमा पाेखरा पुग्ने आन्तरिक पर्यटकहरुकाे भिछ छ र तालबाराही मन्दिरमा पुग्नेकाे पनि ताँती ।
     यतिबेला पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनर्निर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ ।

    images
    images
    images

    विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो ।पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ ।

    images
    images
    images

    पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो संख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनर्निर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

    images
    images
    images

    भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो ।

    हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गरेका थिए । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनर्निर्माण गर्न लागिएको अध्यक्ष कुँवरले बताए ।

    मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।मन्दिर पुनर्निर्माणका लागि पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने बताउँदै अध्यक्ष कुँवरले दैनिकरूपमा मन्दिरमा आउने दर्शनार्थीबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन भइरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तालबाराही मन्दिर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।