कृष्ण कंडेल दक्षिण कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेको निजी घरलाई सरकारले लि’लामी बिक्री गर्न लागेको छ। दक्षिणी सउलको नेगोकदोङमा रहेको उनको घरलाई आगामी अगष्टमा सार्वजनिक अ’क्सनका लागि राखिनेछ। स्थानिय रियल स्टेट अ’क्सन कम्पनी जिजी अ’क्सनले गत जुन २२ मा दिएको जानकारीअनुसार भ्र’ष्टाचा’रमा अ’भियो’ग प्रमाणित भइ २० बर्ष जे’ल जीवन विताइरेकी उनलाई तोकिएको ज’रि’वाना तिर्न नसकेपछि उनको घर लि’लाम बिक्री गर्न लागिएको हो।
आउँदो अगष्ट ९ तारिखमा कोरियाको सरकारी कोरिया एसेट म्यानेजमेन्ट कर्पोरेशनले उनको घरको पहिलो चरणमा अ’क्सनमा बि’डिङ गराउनेछ। तिन दिन सम्म चल्ने पहिलो चरणको बि’डिङमा बिक्री नभएको खण्डमा भने घरको मूल्य १० प्रतिशतले घटाइनेछ। १० प्रतिशत मूल्य घटाई दोश्रो चरणको वि’डिङ सुरु गरिनेछ।
कोरियाको उच्च अ’दा’लतले तोकेको ज’रिवा’ना रकम तिर्न नसकेपछी उनको घर लि’लामीमा लिएको हो। उनलाई भ्र’ष्टाचा’र गरेको तथा शक्तिको दु’रुपयोग गरेको आरोपमा अ’दाल’तले जेल तथा नगद ज’रिवा’ना तोकेको थियो।
२ सय ५७ बर्ग मिटर क्षेत्रफलमा फैलिएको उनको निवास सन २००८ मा बनेको थियो। सामसङदोङमा रहेको पहिलाको घर ६.७५ बिलियन वनमा बेचेरे उनले यो घर किनेकी थिइन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology