Logo

२०८३, आश्विन ९गते


images
images

चैतमा मात्रै १९ सहकारी सहित २ हजार २९९ व्यक्ति र कम्पनी कालोसूचीमा परे

चैतमा मात्रै १९ सहकारी सहित २ हजार २९९ व्यक्ति र कम्पनी कालोसूचीमा परे

images
  • चैतमा मात्रै १९ सहकारी सहित २ हजार २९९  व्यक्ति र कम्पनी कालोसूचीमा परे
    images
    images

    काठमाडौं ।  चालु आर्थिक वर्षको चैत महिनामा १९ सहकारी सहित २ हजार २९९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस महिनामा कृषि फार्मदेखि उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका छन् । 

    images
    images
    images

    केन्द्रका अनुसार कालोसूची पर्ने सहकारीहरूमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था, एकता समूह बचत तथा ऋण सहकारी संस्था, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ रहेका छन् । त्यसैगरी केन्द्रले राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महिला चालक बचत तथा ऋण सहकारी संस्था, सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, शिव शिखर बहुउद्देश्यीय सहकारी र हाम्रो नयाँ कृषि सहकारी संस्था रहेका छन् । 

    images
    images
    images

    चालु आवको चैतमा कालोसूचीमा परेका अरु सहकारीमा हाम्रो कृषि तथा पशुपालन सहकारी, माइल स्टोन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, राइजिङ अप सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, डाँफे सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, करुणा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र पश्चिमोदय सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ रहेका छन् । 

    images
    images
    images

    कालोसूचीमा परेका सहकारीमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा कलाकार मधुसुदन पाठक (सितेबा), बद्री प्रसाद हुमाँगाई, इन्दिरा अधिकारी, कुशल पाठक, निशा रिमाल कार्की, राज तुलाधर र सुशिल सिग्देल रहेका छन् । 

    त्यस्तै, कालोसूचीमा परेका सहकारीमा तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकमा केदारनाथ शर्मा र मन्दिप खवास रहेका छन् । एकता समूह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा गिरिजादेवी कोइरिन, मोहन प्रसाद कुशवाहा, पन्नालाल महतो कोइरी, रामलाल महतो कोइरी र सुशिलादेवी रहेका छन् । 

    त्यस्तै, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा दुर्गाराज न्यौपाने र लक्ष्मी श्रेष्ठ रहेका छन् । शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा गंगा महर्जन, जमुना महर्जन र सञ्जु श्रेष्ठ रहेका छन् भने पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा अर्जुन बास्ताकोटी, भुवन सापकोटा, धिरेन्द्र बराल, मंगल बहादुर तामाङ, पूरान रावल, पुष्पा बाबु पाण्डे, राज कुमार शाह र राकेश ज्याखो रहेका छन् । 

    केन्द्रका अनुसार राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा चेत बहादुर गुरुङ, दिपक अर्याल, कुलबहादुर गोदार, लक्ष्मी कुमारी शर्मा, नारायण प्रसाद सुवेदी, राम बहादुर गुरुङ र सूर्य प्रसाद लामिछाने छन्  । गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमासन्देश राई सिर्जना कुँवर र युवराज बोहोरा रहेका छन् । 

    महिला चालक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अजयमान श्रेष्ठ, बिनोद विके, सपना बिके र सुरेश पन्थी रहेका छन् । सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा (अजुन नकर्मी, भविश्वर अर्याल, भुपेन्ल्र राई, बुद्धी गुरुङ, हेमन्त अधिकारी, कैलाश कुमार दर्लामी, कुमार रम्तेल, शिव बहादुर गुरुङ र थान बहादुर बुढा मगर रहेका छन् ।

    त्यस्तै, शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालकमा मिमलाल थापा र सुशिल बानियाँ, रहेका छन् भने, हाम्रो नयाँ कृषि सहकारी संस्था सञ्चालक जनक गौतम, रामहरि अधिकारी, सूर्य बहादुर गुरुङ र उत्तम अधिकारी रहेका छन् । 

    हाम्रो कृषि तथा पशुपालन सहकारीका सञ्चालकमा भुपेन्द्र बहादुर सिजापति, विष्णु साउद, चित्तराम थापा, गाउकुली बुढा, गोविन्द सिंजाली, खगिसरा दर्लामी मगर गुरुङ, मन बहादुर बयक, निर्यक बहादुर तरामी, ठग बहादुर कठायत र टिकाराम खरेल रहेका छन् । 

    माइल स्टोन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सञ्चालकमा नवराज खड्का, रमेश न्यौपाने र विजय कुमार पौडेल रहेका छन् भने राइजिङ अप सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सञ्चालकमा हेमन्त खड्का, ललित बहादुर खड्का, मैया राई, प्रियराज कार्की र सरिता श्रेष्ठ रहेका छन् । 

    केन्द्रका अनुसार डाँफे सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा जुलिना प्रधान, ज्वालामान प्रधान र नारायण प्रसाद घिमिरे रहेका छन । त्यस्तै सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा विनोद आचार्य हेमराज दाहाल र रामकृष्ण अवाले रहेका छन् । 

    करुणा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा कृष्ण प्रसाद बास्तोला, पूर्ण बहादुर श्रेष्ठ र शिव बहादुर श्रेष्ठ रहेका छन् । पश्चिमोदय सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा देवराज न्यौपाने, कृष्ण बन्धु रेग्मी, राजकुमार तामाङ, रमिला बस्नेत र सुस्मा सापकोटा रहेको केन्द्रले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।