बुटवल । नयाँ वर्ष २०८० सालको पावन अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना सन्देश जारी गरी सम्पुर्ण देश विदेशमा रहनु भएका समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण कर्मचारीहरुमा सुख, शान्ति, संमृद्धि तथा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।
शुक्रवार जारी शुभकामना सन्देशमा– संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु, साथै प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा यहांहरुको निरन्तर साथ सहयोग तथा रचनात्मक शुझाव सल्लाहको अपेक्षा समेत गर्दछु ।’
नयाँ वर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढ्न समेत उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
उनले मुलुकलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा अगाडी वढाउन सबैको अहम् भूमिका रहेको उल्लेख गर्दै इमान्दारीता, कर्तव्यनिष्ट, जवाफदेही नागरिकको रुपमा आफूलाई स्थापित गर्दै मुलुकको अभिभारा बोक्न सकेको खण्डमा मुलुकलाई गन्तव्यमा पु¥याउन सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology