रेशम अधिकारी, रुपन्देही । बसन्त ॠतुको सुरुवातसंगै बोटबिरुवामा नयाँ पालुवा पलाएका छ्न् । घडिमा यतिबेला बिहानको १० बजेको छ । ठूलो घाँसे मैदानमा केहि बाख्राहरु चरिरहेका छ्न् । नजीक केही बालबालिकाहरु प्रकृतिसँग रमाउदै आफ्नो कलिलो बालमस्तिष्कमा आएका चित्र माटोमा कोर्दै छ्न्।
"भर्खर वार्षिक परिक्षा सकियो, अब १५ दिन बिदा। घरमा बाख्रा छ, बिहान ७ बजे देखि १२ बजेसम्म मैले र बेलुका ४ बजेदेखि दाईले चराउन लैजानुहुन्छ दिपकले भने।" 
पारी नवलपरासी वारी रुपन्देहीको संगम कजरार खोला वरिपरि देवदह केरवानी गाउँको ठूलो घाँसे मैदान र त्यही मैदानमा आफ्नो बाख्रा चराइरहेका छ्न् । दिपक चौधरी कक्षा ६ को परिक्षा सकेर अब नतिजाको पर्खाइमा छ्न् । विद्यालय बिदा भएपछी उनलाई घरमा बस्न मन लागेन र साथी बटुलेर बस्तु चराउन हिंडे ।
दिपकसंगै उनका साथी राज, कल्पना, रिता र उमेश पनि बस्तु चराउन हिड्ने गर्छन् । दैनिक बस्तु चराउन उनीहरुलाई रमाइलो लाग्छ । समय बिताउन र मनोरञ्जनका साधन उनीहरुसंग मोबाइल, ल्यापटप र टिभी छैन । रिता भन्छिन "बाबा बिहानै काममा निस्किनु हुन्छ, आमा घरको काम गर्नुहुन्छ बिहान आमालाई घरको काम सगाइ म बस्तु चराउन निस्किन्छु साथीहरु सबै मैदानमा भेला हुन्छौं र खेल्दौ रमाउदै बस्तु चराउछौ । समय कति चाडो बित्छ पत्तो पाउदैनौ । प्रविधिको समयमा पनि बस्तु भाउ सङै रमाएकी रिताको अनुहारमा कता कता जिम्मेवारीका भाव झल्किन्थे ।
यता उमेश पनि बिहानै दिपक र रितासंग बस्तु चराउन आएका छ्न् । उनलाइ माटोसंग खेल्न निकै मन पर्ने सुनाए । उनको कलिलो हातले माटोका विभिन्न आकारहरु बनाइरहेका छ्न् । बालमस्तिष्कमा कल्पित चित्र माटोमा उतार्दै उनी रमाएका छ्न् । उमेशले भने`विद्यालय सुरु भएपछि बस्तु चराउन आउन मिल्दैन पढ्नु पर्छ अहिले छुट्टी छ गाउँका सबै साथी संग खेल्न पाउँदा खुशी लागेको छ´। सबेरै उठ्ने र नास्ता खाइवारी बस्तु चारउन लाने उनको दैनिकी जस्तै बनेको छ ।
बन्द कोठामा बालबालिकालाई प्रकृतिबारे पढाइन्छ; पशुपक्षी, बालीनाली आदि चित्रकै भरमा चिनाइन्छन् । उनीहरू प्रकृतिसँग टाढिइरहेका छन् । उनीहरूको पठनपाठन पुस्तकको पानामा मात्र सीमित पारिनु हुन्न ।
मानिसले प्रकृतिसँगै नजिक भएर प्रगति गरिरहेको छ । बालबालिकालाई सानैदेखि प्रकृतिसँग नजिक्याउनुपर्नेमा उल्टो हामीले अनि हाम्रो विद्यालय शिक्षाले उनीहरूलाई टाढा पुर्याइरहेको छ । प्रकृतिसँगै खेल्दै, रमाउँदै सिक्नुपर्ने बालबालिका अहिले पुस्तकमा मात्र सीमित छन् । कतिपय अवस्थामा यो बाध्यता पनि होला । तर आधुनिकताका नाममा हामीले बालबालिकालाई केही हदसम्म प्रकृतिबाट टाढा राखेको वास्तविकतालाई कुनै बाध्यता देखाएर छोप्न मिल्दैन । यसरी प्रकृतिबाट टाढा राखेर बालबालिका हुर्काउनु साँच्चिकै उनीहरूमाथिको अन्याय हो । यसरी हेर्दा गाउँघरकै बालबालिकालाई बरु अन्याय भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology