Logo

२०८३, आश्विन ९गते


images
images

जीप दुर्घटनामा एकैगाउँका ६ जनाको मृत्यु, चारले हामफालेर ज्यान जोगाए

जीप दुर्घटनामा एकैगाउँका ६ जनाको मृत्यु, चारले हामफालेर ज्यान जोगाए

images
  • जीप दुर्घटनामा एकैगाउँका ६ जनाको मृत्यु, चारले हामफालेर ज्यान जोगाए
    images
    images

    काठमाडौं । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतमा रोजगारी गरी नयाँ वर्ष (बिसु) मनाउन घर फर्कका उनीहरुको जिप दुर्घटनमा मृत्यु भएको हो।

    images
    images
    images

    झुाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हा । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्।  

    images
    images
    images

    जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। चालक सम्पर्क विहिन रहेका छन्। मृत्यु भएकाहरुको शव निकाल्ने कार्य अहिले बिहान सुरु हुने प्रहरी निरीक्षक खत्रीले बताए। भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु दुर्घटनामा परेका हुन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैतडीमा जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।