देवदह । रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिताको उपाधी सुनवल-८ ले जितेको छ। देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको फाईनल खेलमा भलुहि एफ.सी लाई हराउँदै सुनवल-८ ले प्रतियोगिताको उपाधी जितेको हो।

बिहिवार भएको फाइनल खेलमा भलुहि एफ.सी लाई ३-२ को गोल अन्तरले पराजित गर्दै सुनवल-८ ले उपाधि उचालेको हो। उपाधिसँगै सुनवल-८ ले नगद ८० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो। उपविजेता भलुहि एफ.सी नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताका विजयी टिम र खेलाडीलाई देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेल, देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, क्लबका अध्यक्ष कवि ज्ञवाली लगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भलुहि एफ.सी का अनिल क्षेत्री घोषित भए। यस्तै उदयमान खेलाडी सुनवल ८ का। विजय गुरुङ, सर्वाधिक गोलकर्ता सुनवल ८ का सुरज सुनार घोषित भए। सर्वोत्कृष्ट गोलरक्षक सुनवल ८ का दिपक पुन घोषित भए। प्रतियोगितामा कुल ३२ टिमले सहभागीता जनाएका थिए।
त्यस्तै भेट्रान्स फुटबल प्रतियोगिता तर्फ रुपन्देहीले जित हासिल गर्दै प्रथम पुरस्कार बाख्रा सहित प्रामाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको आयोजक टोलीले कुखुराको भाले र प्रमाणपत्र प्राप्त गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology