राहुल सापकोटा, देवदह । लायन्स क्लव अफ देवदहले लायन वर्ष २०२१/२२ को लागि बोर्ड फर्मेशन सम्पन्न गरेको छ । क्लवका अध्यक्ष राम बहादुर गुरुङ्गको अध्यक्षता र डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ तथा क्लव चार्टर प्रेसिडेन्ट विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको सभाले बोर्ड फर्मेशनलाई पूर्णता दिएको हो ।
लायन वर्ष २०२१/२२ को लागि बिनोद थापा मगरको अध्यक्षतामा १७ सदस्यीय बोर्ड कमिटी निर्माण भएको छ । कमिटीमा प्रथम उपाध्यक्ष विष्णु प्रसाद ज्ञवली, द्धितिय उपाध्यक्ष मन बहादुर क्षेत्री, तृतीय उपाध्यक्ष कृष्णराज पौडेल, सचिव सिर्जना ओली सापकोटा, कोषाध्यक्ष शिला मल्ल, सह–सचिव बोधराज गौडेल, सह–कोषाध्यक्ष विष्णु पाण्डेय, क्लव मेम्बरसिप डाइरेक्टर हिरालाल कँडेल, टेमर थान प्रसाद चापागाई, टेलट्युस्टर खडक बहादुर क्षेत्री, पि.आर.ओ. गणेश क्षेत्री, क्लव डाइरेक्टर सुनिल जि.सी., मिना ज्ञवली, अर्जुन कुमार रेग्मी, देवु भट्टराई र टेक बहादुर राना रहेका छन् ।
क्लवले अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पहिले नै निर्वाचित गरि डिष्ट्रिक्ट र इन्टरनेशनलमा रिपोर्टिङ्ग गरिएको थियो । वर्ष २०२१/२२ को लागि डिष्ट्रिक्ट गर्भनर विष्णु प्रसाद पौडेल डिष्ट्रिक्ट डेपुटी चिफ ऋषिराम सापकोटा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर र गुमान सिं के.सी. जोन चेयर पर्सन मा मनोनित हुनुभएको थियो ।
बैठकमा क्लवका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ तथा क्लव चार्टर प्रेसिडेन्ट विष्णु प्रसाद पौडेल, पूर्व अध्यक्ष ऋषिराम सापकोटा, पदाधिकारी, बोर्ड सदस्य तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैठक इलेक्ट प्रेसिडेन्ट तथा प्रथम उपाध्यक्ष बिनोद थापा मगरको स्वागत, द्धितिय उपाध्यक्ष विष्णु प्रसाद ज्ञवालीद्धारा झण्डाको अभिवादन र सचिव मन बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको इलेक्ट प्रेसिडेन्ट बिनोद थापा मगरले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology