देवदह । देवदह नगरपालिकाले स्थानीय प्रहरी चौकीलाई विपत् व्यवस्थापनका लागि आवश्यक पर्ने उद्दार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले एक कार्यक्रमका विच देवदह प्रहरी चौकिका इन्चार्ज दिपक महत क्षेत्रीलाई उद्दार सामग्री हस्तान्तरण गरेका हुन् ।
ज्याकेट, क्लाईम्विङ्ग रोप, टर्च लाईट, लाईफव्याय रिङ्ग लगायत एक लाख बढिको सामान प्रहरीलाई उपलब्ध गराएको देवदह नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा देवदह नगरपालिकाका उप- प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology