राहुल देव सापकोटा , देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ सोइया टोलका बाढिपिडितलाई नेपाल रेड्क्रस सोसाइटी देवदह उपशाखाले न्यानो कम्मल र तिर्पाल बितरण गरेको छ । लगातार आएको भारी वर्षाका कारण सोइया बस्ती डुबानमा परेपछि राहत स्वरुप उक्त सामग्री वितरण गरिएको हो ।
रेड्क्रसले सदैब मानविय संकटका बेला दुखी पीडितहरुको घाउमा मलहम लगाउँदै आएको र अब आउने प्राकृतिक प्रकोपमा पनि तयारी अवस्थामा रहेको कुरा बताउँछन नेपाल रेड्करस सोसाइटी देवदह उपशाखाका कोसाध्यक्ष चक्रपाणी तिवारी ।
उक्त कार्यक्रममा सरिक हुँदै देवदह नगरपालिका वडा नँ ४ का वडा अध्यक्ष दिपक चापागाईंले सोइया बस्तिलाइ बिपतका बेला साथ दिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा देवदह प्रहरी चौकिका प्रहरी प्रमुख दिपक महत क्षेत्री, ने.रे.सो. देवदह उपशाखाका सदस्य गणेश डुम्रे र स्थानियहरुको उपस्थित रहेको थियो ।
ने.रे.सो देवदह उपशाखाका सभापति कृष्ण नौपानेको अध्यक्षता, ने.रे.सो रुपन्देही जिल्ला उपसभापति मित्रलाल न्यौपानेको प्रमुख आतिथ्यता र ने.र .रे.सो देवदह उपशाखाका सचिव दुर्गानारायण डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology