Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

लापरवाही कुद्छन् नगर बस, ज्यानै लिन्छन् !

लापरवाही कुद्छन् नगर बस, ज्यानै लिन्छन् !

२ वर्षमा २४८ सवारी दुर्घटना, ८४ जनाको ज्यान गयो
images
  • सेतोमसी सहकर्मी
  • लापरवाही कुद्छन् नगर बस, ज्यानै लिन्छन् !
    images
    images

    विकास रोकामगर, पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा नगर बस दुर्घटनामा हुँदा त्यसमा सवार चालकदलसहित ४७ जना घाइते भए । दुर्घटना पोखरा युनिभर्सिटीमा दीक्षान्त समारोहमा सहभागी भएर आइरहेका विद्यार्थी परेका थिए ।

    images
    images
    images

    बेगनास–पोखरा सडकखण्डमा नगर बस दुर्घटना

    दुर्घटनामा घाइते विद्यार्थीका अनुसार चालकले बस चलाउँदाचलाउँदै निदाएपछि दुर्घटनामा परेको थियो । अनुसन्धानमा पनि चालकको गम्भीर लापरवाही भएको खुलेको थियो । चैत ३ गते पोखरा चिप्लेढुंगामा नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भयो । बस चालक सागर क्षेत्री अहिले प्रहरी नियन्त्रणमा छन् । माघ २६ गते पोखरा बसपार्क क्षेत्रमै बसले ठक्कर दिँदा २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाउन पुगिन् ।

    images
    images
    images

    पछिल्लो समय पोखरामा ज्यानै लिने गरी भएका यी केवल उदारहणमात्रै हुन् । पोखरामा नगरबससहित अन्य सार्वजनिक यातायाताले लापरवाही गर्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ । चैत ३ गतेमात्रै चिप्लेढुंगामा स्कुटरमा सवार युवतीको ज्यानै जाने गरी नगर बसले ठक्कर दिएपछि अहिले नगर बसको दादागिरीप्रति व्यापक आलोचना भइरहेको छ ।

    images
    images
    images

    पोखरा महानगरले नगर बसमा यात्रु ओराल्न र चढाउन निश्चित ठाउँ तोकेको छ । तर, अधिकांश नगर बसले त्यसको पालना गरेका छैनन् । आफूखुसी मनोमानी ढंगले यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् ।

    नगर बसहरु आवश्यकताभन्दा बढी तीव्र गतिमा हिँड्ने र एकले अर्कालाई उछिन्ने अघोषित प्रतिस्पर्धाजस्तै छ । जसको प्रत्यक्ष मारमा साना सवारी चालक र पैदलयात्रु पर्ने गरेका छन् । सार्वजनिक यातायात त्यसमा पनि नगरबसको लापरवाहीका कारण बाटो दिनदिनै असुरक्षित बन्दै गइरहेको पैदलयात्रीको गुनासो छ । ‘सार्वजनिक सवारीसाधन त्यसमाथि यो नगरबसहरु यति कम्पिटिसनमा चल्छन् नि ! कहाँ मान्छे ओराल्ने, कहाँ मान्छे चढाउने भन्नेमा पनि लापरवाही गर्छन्,’ प्रकाश बज्रचार्य भन्छन्, ‘ट्राफिक नियमहरु छ, तर, त्यो दस्तावेजहरुमा मात्रै भयो । कसैले पनि कार्यान्वयन गर्न सकिराखेको छैन । यहाँ ढुक्कै हिँड्न सकिने स्थिति छैन ।’

    २ वर्षमा २४८ सवारी दुर्घटना, ८४ जनाको ज्यान गयो

    जिल्ला ट्राफिक प्रहरीका अनुसार पोखरामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै पोखरामा १०५ वटा सवारी दुर्घटना भएका छन् । निजी जिपकार १९ वटा दुर्घटना हुँदा ११ वटा माइक्रो तथा बस नै दुर्घटनामा परेका छन् । सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २ वर्षमा २४८ सवारी दुर्घटनामा परी ८४ जनाको ज्यान गएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनाबाट २९ जनाको ज्यान गएको छ । जसमा २२ जना पुरुष, ५ जना महिला र २ जना बालबालिका छन् । अघिल्लो आर्थिक वर्षमा सडक दुर्घटनाकै कारण ५५ जनाले ज्यान गुमाएका थिए ।

    एकले अर्कालाई उछिन्ने, अत्याधिक तीव्र गतिमा सवारी साधन चलाउने गर्दा नै बढी दुर्घटना भएको देखिन्छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी ४४ वटा दुर्घटना तीव्रगतिका कारण भएको छ भने १२ वटा मापसेले गर्दा,’ पाठक भन्छन्, ‘पोखराको हकमा सबैभन्दा बढी हेम्जा, मालेपाटन र पृथ्वीराजमार्गमा दुर्घटना भएको देखिन्छ ।’ नगर बस लापरवाहीका कारण हुने सानातिना दुर्घटनाको तथ्यांक ट्राफिक प्रहरीले राखेकै छैन ।

    पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, बिन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायतले नगर बस तथा माइक्रो चलाउँदै आएका छन् । पोखरामा सबैभन्दा धेरै नगर बस÷माइक्रो पोखरा यातायात प्रालिले चलाउँदै आएको छ । पोखरा यातायात प्रालिमार्फत अहिले ३ सय ७८ वटा बस-माइक्रो पोखरामा चल्छन् । विन्ध्यवासिनीका बस, माइक्रोसमेत अहिले पोखरा यातायातमार्फत नै चल्दै आएका छन् ।

    नगर बस, माइक्रो चलाउँदै आएका यातायात व्यवसायी भने चालकका कारण नभई सडक र पार्किङको उचित व्यवस्थापन नहुँदा दुर्घटना बढेको भन्दै पन्छिन्छन् । सडकमा निजी सवारी साधनको चाप बढेको तर, सडकको अवस्था सुधार नहुँदा दुर्घटनाको जोखिम बढेको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ बताउँछन् ।

    गुरुङ पोखराको यातायात सुधार्न राज्य पनि गम्भीर नभएको आरोप लगाउँछन् । ‘पोखरामा गाडीहरु धेरै भए, पार्किङहरु छैन । अहिले हामी यातायात व्यवसायीको बाध्यता बाटोमै राखेर गाडी चलाउनु परेको छ,’ भन्छन्, ‘हामीले राज्यलाई वर्षमा चानचुन ८० लाख जति कर तिर्छौं । तर, राज्यले हेरेन । हामी आफैं मर्माहित छौं ।’ गुरुङ पछिल्लो समय पोखरामा नगर बस दुर्घटना बढेको स्वीकार्र्दै आफूहरुले चालक तथा सहचालक सचेतना कार्यक्रम पनि चलाइराखेको सुनाउँछन् । तर, आफूहरुले तयार बनाएका यातायात मजदुर लामो समय नटिक्ने हुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

    ‘यातायात मजदुरहरुसँग पनि कति पटक बसियो, नबसेको होइन । एक पटक ल्याएर प्रशिक्षण दियो, ऊ (चालक) गइहाल्छ फेरि अर्को आउँछ,’ गुरुङले बाध्यता सुनाए, ‘तर, सबै चालक, सहचालक नराम्रा भने होइनन्, केहीकेहीले गर्दा बदनाम भएको हो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।