प्रकाश न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलि ट्रमा सेन्टरलाई जग्गाको माग सहित मन्त्रालय जाने भएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनका लागी नगर लागी परेको बताउदै उनले ट्रमा सेन्टरलाई आवश्यक पर्ने जग्गाको माग लिएर मन्त्रालय जान लागिएको बताए । उनले भने-" ट्रमा सेन्टर बर्दघाटमा नै बनाउनेमा नगर लागीरहेको छौँ । नगरको नेतृत्वमा सर्वपक्षीय छलफलहरु भइ रहेको छ ।"
हाल राष्ट्रिय आवस कम्पनीको नाउ मा रहेको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको २ बिघा १४ कट्ठा जग्गामा नै ट्रमा सेन्टर बनाउदा सबै भन्दा उपयुक्त हुने देखीएको भन्दै नगरले अन्तिम प्रयास स्वरुप मन्त्रालय जान र जग्गा माग गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताए । उनले भने -" हाल बर्दघाट २ मा रहेको राष्ट्रिय आवस कम्पनीको नाउमा रहेको जग्गा माग गर्छौ । यदि यो जग्गा पाउन सकेनौ भने बर्दघाट २ मा नै रहेको अर्को जग्गा माग गर्ने तयारीमा छौँ ।"
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाटमा नै ट्रमा सेन्टर बनाउने बिषयमा नगर अत्यन्तै गम्भीर भएर लागी रहेको बताए । उनले भने -" ट्रमाको बिषयलाई हामीले गम्भीरताका साथ लिगेका छौं । ट्रमा सेन्टर नगर भित्र गराउन सकेमा स्वास्थ्य क्षेत्रमा उदारणिय काम हुने बिश्वास लिगेका छौं ।"
जग्गा माग गर्नका लागी संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, बर्तमान नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीसहितको टोलि मन्त्रालयमा जाने तयारी गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology