Logo

२०८३, श्रावण २७गते


images
images

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

images
  • उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
    images
    images

    काठमाडौ । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए ।

    images
    images
    images

    निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । साढे ३ बजेबाट मतगणना गरिएको थियो । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचनमा भाग लिएनन् । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् । त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय ११ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो ।

    मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनको दोस्रो पटकको कार्यकाल यही सकिन लागेकाले त्यस अघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।