Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो : उपराष्ट्रपति यादव

राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो : उपराष्ट्रपति यादव

images
  • राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो : उपराष्ट्रपति यादव
    images
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै राष्ट्रियता र समृद्धि सँगसँगै अघि बढ्न विकासका योजनाहरूले नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मानित गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उपराष्ट्रपति यादवले बुधबार काठमाडौंमा आदिवासी जनजाति आयोगको पाँचौं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले विकासको नाममा विस्थापन होइन, सशक्तीकरण र अवसर विस्तार गर्न जरुरी रहेको बताए । उनले भने-  'नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रलाई आत्मसात गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको संरक्षण गर्ने संकल्प लिएको छ । समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी संवैधानिक आयोगहरूको हो।’

    images
    images
    images

    उनले आदिवासी जनजाति आयोगलाई संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनमा मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक निकायका रूपमा रहेको उल्लेख गरे । आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताउँदै उहाँले यसलाई जगेर्ना, संरक्षण र संवद्र्धन गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गरे ।

    उपराष्ट्रपति यादवले आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई सशक्त बनाउँदै अधिकारलाई व्यवहारमा अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले विकासका योजनाले आदिवासी जनजातिको भाषा, संस्कृति र जीवनशैली विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।

    समाजका सबै वर्गले आफूलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्न आयोगले मार्गदर्शक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले आदिवासी जनजाति समुदायको सशक्तीकरणले दिगो शान्ति, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले निर्वाचन नेतृत्व चयन मात्र नभई नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताए । निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गराउने वातावरण निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।