Logo

२०८३, कार्तिक २५गते


images
images

महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्युन, लगाएको ताला अझै खुलेन

महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्युन, लगाएको ताला अझै खुलेन

images
  • सेतोमसी सहकर्मी
  • महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्युन, लगाएको ताला अझै खुलेन
    images

    पुजा लम्साल,सुनवल । स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो । तर नवलपरासी पश्चिमको महाकवि देवकोटा क्याम्पस सुनवलमा भने विद्यार्थी संगठन र क्याम्पस प्रशासन विच तालमेल नहुदा चुनाव त परको कुरा प्रशासनिक कार्य कक्षमा लगाईएको ताला समेत खुल्न सकेको छैन । स्ववियु निर्वाचनको माग गर्दै तिन विद्यार्थी संगठनले संयुक्त रुपमा फाल्गुन २७ गते क्याम्पसका सबै प्रशासकिय शाखाहरुमा तालाबन्दी गरेका थिए । 

    images
    images
    images


    क्याम्पसमा छ दिन देखि लागेको तालाले विभिन्न प्रशासनिक झमेला ब्यहोर्नु परेको क्याम्पस प्रशासनले जनाएको छ । दैनिक कार्य संचालन र अभिलेख राख्ने कामसमेत प्रभावित भएको छ ।received_592000566172166.jpeg

    images
    images
    images


    ताला खुलाउने विषयमा बुधवार पनि क्याम्पस र विद्यार्थी संगठन विच वार्ता भएको थियो तर उक्त वार्ता पनि निष्कर्ष विहिन बनेको छ । निरन्तर जारी वार्ता र छलफल सकारात्मकता तर्फ गईरहेको स्रोतको भनाई छ ।

    images
    images


    क्याम्पस प्रमुख नारायण ढकालले विद्यार्थीको मागलाई आफुहरुले गम्भीरताका रुपमा लिएको बताउँदै समस्याको समाधानको लागि प्रयत्नशिल रहेको बताए । स्ववियु निर्वाचन भन्दा पनि आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर विद्यार्थी परिषद्लाई नै निरन्तरता दिईने गरि छलफल भईरहेको बताए ।


    क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन आलटाल गरेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।