Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार शर्मा र पाण्डेद्वारा प्रेस चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा

पत्रकार शर्मा र पाण्डेद्वारा प्रेस चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा

images
  • पत्रकार शर्मा र पाण्डेद्वारा प्रेस चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा
    images
    images

    बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा चौतारीका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् ।

    images
    images
    images

    प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूर्ण बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपैयाँ  र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सह्रानीय काम गरेको भन्दै उनीहरूले रकम प्रदान गर्ने घोषणा गरेको प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए। 

    images
    images
    images

    बैठकले कल्याणकारी कोष सञ्चालन निर्देशिकालाई अनुमोदन गर्दै यसको सञ्चालनका लागि संगठन रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको पाँच सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । समितिको सदस्य सचिवमा संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल रहेका छन् भने सदस्यहरुमा संगठनका निवर्तमान अध्यक्ष अमृत गिरी, उपाध्यक्ष भगवति पाण्डे र कोषाध्यक्ष दिनेश श्रेष्ठ रहेका छन् ।

    बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको साधारणसभा आगामी चैत १५ गतेभित्र गर्ने, त्यसअगाडि नै विभिन्न पालिकाहरुमा कमिटी बनाउने र एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रेस चौतारीका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस चौतारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।