Logo

२०८३, आश्विन ९गते


images
images

आइसिसी क्रिकेट लिग-२ को अन्तिम श्रृङखला आजदेखि, घरेलुु मैदानमा बाकी सबै खेल जित्ने नेपालको लक्ष्य

आइसिसी क्रिकेट लिग-२ को अन्तिम श्रृङखला आजदेखि, घरेलुु मैदानमा बाकी सबै खेल जित्ने नेपालको लक्ष्य

images
  • आइसिसी क्रिकेट लिग-२ को अन्तिम श्रृङखला आजदेखि, घरेलुु मैदानमा बाकी सबै खेल जित्ने नेपालको लक्ष्य
    images
    images

    काठमाडौ । आइसिसी लिग-टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रीकेटका अन्तिम शृङ्खलाका खेल आज बाट नेपालमा सुरु हुंदैछन । नेपालले पपुवान्युगिनी (पिएनजी) र यूएईसँग आफ्नो घरेलु मैदानमा अन्तिम सिरिज खेल्न लागेको हो ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने पहिलो खेलमा आज पपुवा न्युगिनी (पिएनजी)ले घरेलु टोली नेपालको सामना गर्दै छ । फागुन २८ मा  नेपालले यूएईसँग दोस्रो खेल खेल्नेछ । 
    त्यस्तै फागुन २९ मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेल नेपालले चैत २ मा फेरी यूएईसँग खेल्नेछ ।

    images
    images
    images

    गत मंगलबार नै नेपाल क्रिकेट संघ क्यानले आजबाट नेपालमा हुने आइसिसी लिग टु अन्तर्गत यूएई र पपुवान्युगिनी (पिएनजी)विरुद्धको खेलका लागि रोहित पौडेलको कप्तानीमा क्रिकेट टिमको घोषणा गरिसकेको छ ।

    images
    images
    images

    क्यानले पौडेलको कप्तानीमा टिम कुशल भुर्तेल, आशिप शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी छन् ।

    गत सोमबार नेपालले युएईमा घरेलु टोली माथी सानदार जित निकालेको थियो । उक्त जितसँगै नेपाल अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने युएई छैठौं स्थानमा झरेको छ । नेपालको ३२ खेलमा ३२ अङ्क भएको छ।

    उता स्कटल्यान्ड ५० अङ्क सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अङ्क छ ।

    अब नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन यो श्रृंखलाका सबै चार खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ । यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

    त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसिसी क्रिकेट लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।