देवदह । राष्ट्रिय युवा संघ देवदहले संचालन गरेको राहत वितरण अभियान समापन भएको छ । गत जेठ १३ गते देखि सुरु गरेको राहत वितरण एक कार्यक्रमका विच समापन गरिएको हो ।
अभियान अन्तर्गत १८ दिनको अवधीमा देवदहको १ देखि १२ वटा वडामा गरि अति विपन्न ज्याला मजदुरी गरि खाने २ सय ५२ घर धुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल, चाउचाउ लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
राहत समितिका संयोजक विकास गहतराजको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता, एमाले नेता प्रकाश अर्याल, यम राना, देवदह ८ का वडा अध्यक्ष दण्डपानी भट्टराई लगायतको उपस्थितमा एक कार्यक्रमका विच अभियान समापन गरिएको हो । समापन कार्यक्रमको संचालन अभियानका सदस्य श्रद्धा कुवर क्षेत्रीले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology