Logo

२०८३, आश्विन ९गते


images
images

११३औं अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै  

११३औं अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै  

images
  • सेतोमसी सहकर्मी
  • ११३औं अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै  
    images
    images

    राजेश  पराजुली, पोखरा । ११३औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

    images
    images
    images

    नारी दिवसका अवसरमा यसअघि सरकारी तवरबाटै कार्यक्रम हुने गरेका थिए । तर, कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित भएको छ ।

    images
    images
    images

    सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

    images
    images
    images

    महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

    जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।नारी दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।