देवदह । देवदह नगरपालिका वडा न ५ र स्थानिय बैंक तथा बित्तीय संस्था तथा संस्थागत विद्यालयका प्रतिनिधिबीच अन्तरक्रिया सम्पन्न भएको छ। होली पर्वको अवसरमा वडा कार्यलयमा आयोजित छलफल तथा अन्तरक्रियाले खैरेनीचोकदेखि गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला) सम्मको सडकमा दुवैतर्फ बृक्षारोपण गरि सडक सौन्दर्यता कायम गर्न स्थानीय संघसस्थाले सघाउने निर्णय भएको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए।

नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ समेतको उपस्थितिमा सम्पन्न छलफलले देवदहमा संचालित बैंक तथा बित्तीय संस्थाको सहयोगमा स्नातक तहमा ब्यवस्थापनमा अध्ययनरत विद्यार्थीलाई बैंकिंङ्ग तालिम संचालन गर्ने तथा बित्तीय संस्थाका प्रमुख र देवदह नगरपालिकाका जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गर्ने निर्णय भएको जनाईएको छ ।
छलफलमा वडा सदस्य होमनाथ भट्टराई, वडा सचीव प्रदिप प्रसाद गौतम, एन-प्याब्सन रुपन्देहीका जिल्ला सहसचिव विनोद थापा मगर, प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ, सचीव कृष्ण प्रसाद गैरे, कोलिय साकोसका बिनोद पराजुली, ग्लोबल आइ एम इ बैंकका कमल पराजुली, एन आइ सि एसिया बैंकका सन्जय ज्ञवाली, प्रभु बैंकका सरोज ज्ञवाली, कामना सेवा विकास बैंकका रबि पौडेल, गरिमा विकास बैंकका केशव डुम्रे, सिटिजन बैंकका अर्जुन थापा, गुहेस्वरी फाइनान्सका कृष्ण गुरुङ , लायन्स क्लब अफ देवदहका बिष्णु प्रसाद ज्ञवाली, दुर्गानगर टोल विकास संस्थाका अध्यक्ष रमेशकुमार पोख्रेल, नमुना हरियाली टोल विकास संस्था अध्यक्ष चोक लाल डुम्रे, खैरेनी गोठादी मार्ग टोल विकास संस्था अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा होलीको शुभकामना साटासाट समेत गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology