Logo

२०८३, आश्विन ९गते


images
images

सामुदायिक विद्यालयका कर्मचारीद्वारा सेवा सुविधा बढाउन माग

सामुदायिक विद्यालयका कर्मचारीद्वारा सेवा सुविधा बढाउन माग

images
  • सामुदायिक विद्यालयका कर्मचारीद्वारा सेवा सुविधा बढाउन माग
    images
    images

    पोखरा । सामुदायिक विद्यालयका कार्यालय सहायक र कार्यालय सहयोगीले सेवा सुविधा माग गर्दै ध्यानाकर्षण तथा चेतावनीपत्र बुझाएका छन्।

    images
    images
    images

    कास्कीका सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगी (विद्यालय कर्मचारी)को सेवा सुविधाका विषयमा गरिएको नकारात्मक विभेदबाट विगत लामो समयदेखि देशभरीकै विद्यालय कर्मचारी आन्दोलनरत भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदका राष्ट्रिय समिति, प्रदेश समिति, जिल्ला समिति र पालिकागत समितिहरुले आ-आफ्नो ठाउँबाट आन्दोलित भई विद्यालय कर्मचारीहरुका हक, हितका पक्षमा अनवरत रुपमा क्रियाशिल रहेको  भन्दै देश भरका स्थानीय तह हरूमा  ध्यानाकर्षण साथै कार्यविधि वनाई आवश्यक सेवा सुविधाको माग अनुरुप को पत्र बुझाएकाे प्रदीप पौडेलले बताए ।

    images
    images
    images

    गत भदौ १ गते देखि नेपाल सरकार समक्ष मुलुकभरका सामुदायिक विद्यालयमा सेवारत विद्यालय कर्मचारीहरुका विभिन्न सेवा सुविधाको माग सहित पेशागत स्थायित्वको सवालमा जारीआन्दोलन, बार्ता तथा छलफल पश्चात्‌ दोस्रो चरणका आन्दोलनका कार्यक्रम  फागुन ८ र ९ गते काठमाडौंमा सम्पन्न नेपाल विद्यालय राष्ट्रिय सम्मेलनबाट जारी घाेषणा पत्र साथै निर्देशन बमोजिम ७५३ वटै स्थानीय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाउने र नयाँ बजेट बनाउने क्रममा उक्त विषयमा गहन छलफल गरी आवश्यक निर्णय गरी यथोचित सेवा सुविधा उपलव्ध माग गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदका कास्कीका अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले जानकारी दिएका छन् ।

    images
    images
    images

    विद्यालयलाई चेतावनी दिदैँ विद्यालय बन्द जस्तो आन्दोलनका कार्यक्रमलाई अगाडी बढाउन बाध्य नबनाइयोस्‌ भनी देश भरका ७५३ वटा पालिकाहरुमा मागहरु सहित ध्यानाकर्षण पत्र बुझाएकाे जानकारी नेपाल विद्यालय कर्मचारी परिषदका कास्की जिल्ला सह सचिब सागर पाैडेलले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।