Logo

२०८३, आश्विन ९गते


images
images

एशियन लाइफद्धारा प्रस्तावकको मृत्युपछि बच्चालाई मासिक आयको रकम हस्तान्तरण

एशियन लाइफद्धारा प्रस्तावकको मृत्युपछि बच्चालाई मासिक आयको रकम हस्तान्तरण

images
  • एशियन लाइफद्धारा प्रस्तावकको मृत्युपछि बच्चालाई मासिक आयको रकम हस्तान्तरण
    images
    images

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बर्दघाट शाखाले प्रस्तावकको मृत्युपछि बच्चाले पाउने मासिक आय सुविधा वापतको रकम हस्तान्तरण गरेको छ। देवदह ७ निवासी माधव आचार्य शर्माको बैदेशिक रोजगारको शिलशिलामा दुबईमा निधन भएपछि उनको बच्चा शिवान्य आचार्य शर्माको पढाई खर्च बापतको रकम कम्पनीले परिवारलाई हस्तान्तरण गरेको हो।

    images
    images
    images

    ५ लाख बराबरको बिमा गरेका आचार्यको निधनपछि उनको संरक्षकत्वमा रहेको बच्चाले पढाई खर्च बापत पाउने सुविधाको रकम विमाकर्ताको घरमै पुगेर हस्तान्तरण गरिएको कम्पनीका बर्दघाट शाखा प्रमुख शिव चालिसेले जानकारी दिए।

    images
    images
    images

    पहिलो तीन महिना बापतको मासिक पाँच हजारका दरले १५ हजार अहिले हस्तान्तरण गरिएको बताँउदै प्रमुख चालिसेले निरन्तर १०२ महिनासम्म मासिक ५ हजारका दरले रकम उपलब्ध गराईने तथा मृत्यु भएका विमाकर्ताले तिर्नुपर्ने विमाबापतको रकम पनि कम्पनीले नै जम्मा गरिदिने र विमा अवधी पुरा भएपछी जम्मा भएको रकमको ब्याज र बोनस सहित हुन आउने सम्पूर्ण रकम समेत परिवारलाई एकमुष्ट हस्तान्तरण गर्ने जानकारी दिए।

    images
    images
    images

    रकम हस्तान्तरण कार्यक्रममा विमाकर्ता परिवारका सदस्य, आफन्तजन, अभिकर्ता संघका केन्द्रिय सदस्य सिता भण्डारी, अभिकर्ताहरू गोमा भट्टराई लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।