Logo

२०८३, कार्तिक २६गते


images
images

समाजलाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउन देवदहका टोल विकास संस्था सक्रिय

समाजलाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउन देवदहका टोल विकास संस्था सक्रिय

images
  • समाजलाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउन देवदहका टोल विकास संस्था सक्रिय
    images

    देवदह । समाजलाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउन देवदहका टोल विकास संस्थाहरू सक्रिय भएका छन्। मंगलबार मात्रै देवदह-५ को मितेरी गाउँमा सक्रिय स्मृति युवा क्लबको अगुवाईमा समाजलाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउने उद्घोष गरेका देवदहबासीले बुधबार पुन: उक्त संकल्प दोहोर्याएका छन्। 

    images
    images
    images

    बुधबार देवदह-५ कै सुन्दर टोल विकास संस्थालाई दुर्ब्यसनमुक्त र बालमैत्री बनाउने संकल्प गरिएको हो। 

    images
    images
    images

    स्थानीय युवा क्लब, आमा समुह, मन्दिर समिति र टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले  टोललाई पुर्ण बालमैत्री र लागुऔंषधमुक्त बनाउने संकल्प गरेको देवदह नगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर ५  का अध्यक्ष गणेश डुम्रेले जानकारी दिए। 

    images
    images

    सुन्दर टोल विकास संस्थाका अध्यक्ष श्याम भक्त कंडेलको समन्वयमा सम्पन्न भेलाले विभिन्न सात वटा संकल्प गरेको छ। जसमा बालबालिकालाई सुर्तीजन्य, लागू औसधजन्य र मदिरा जन्य पदार्थ खरीद गर्न नपठाउने, बालविवाह नगराउने/हुन नदिने, बालबालिकालाई मजदुरको रूपमा प्रयोग नगर्ने,  गर्भवती महिलाईको नियमित स्वास्थ्य परिक्षण र स्वास्थ्य संस्थाबाटै गर्भवती गराउने, बालाबालिकालाई पूर्ण खोप दिने, बालबालिका तथा महिलालाई कुनैपनि यौनजन्य हिँसा नगर्ने र आफ्नो टोल आफै सफा गर्ने लगायत रहेका छन्। 

    हेर्नुहोस सुन्दर टोल विकास संस्थाले गरेका सात संकल्प (जस्ताको तस्तै)

    १. हामी हाम्रो समाजमा कोहि पनि बालबालिकालाई सुर्तीजन्य, लागू औसधजन्य र मदिरा जन्य पदार्थ खरीद गर्न पठाउने छैनौ साथै बालबालिकालाई उल्लेखित खरिद बिक्रिवितरण गर्न दिनेछैनौ।
    २. हामी हाम्रा बालबालिकाको बालविवाह छैनौ।  समाज आफन्त जहाँकहि त्यस्तो देखे-सुनेमा तत्काल रोक्न पहल गर्नेछौ।
    ३. हामी हाम्रा बालबालिकालाई मजदुरको रुपमा प्रयोग गर्ने छैनौ, होटेल, रिसोर्ट, व्यापार-ब्यवसाय, कलकारखाना, सवारी साधनमा बालमजदुर देखेमा तत्काल उद्दार गर्नेछौ।
    ४. हामी हाम्रो समाजमा टोलका गर्भवती महिलाको नियमित स्वास्थ्य जांच गर्नेछौं । साथै, zero home delivery अर्थात सबै गर्भवति महिलाहरुलाई स्वास्थ्य संस्था बाटनै सुरक्षित सुत्केरी गराउने छौ।
    ५. हामी हाम्रा बालबालिकाहरुलाई नियमित खोप र पूर्ण खोप दिनेछौं।  कुपोषण लगायतका कुरामा सचेतता अपनाउने छौ।
    ६. हामी हाम्रो घर, छिमेक र टोलमा कहिँकतै पनि घरेलु हिँसा तथा बालबालिका र महिलालाई कुनैपनि यौनजन्य हिँसा गर्ने छैनौ।  त्यस्तो भेटे तुरुन्त सम्बन्धित निकायमा रिपोर्ट गर्नेछौं।  
    ७. हाम्रो टोल समाज सुन्दर सफा राख्नु भनेको आफैमा सभ्यता, संस्कार र  स्वस्छ्ताको पहिचान हो। तसर्थ हरेक शनिवार बिहान ७-९ बजेसम्म नियमित टोल सरसफाइ अभियान संचालन गर्नेछौ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।