Logo

२०८३, आश्विन ९गते


images
images

त्यो सून्दर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको यात्रा

त्यो सून्दर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको यात्रा

images
  • सेतोमसी सहकर्मी
  • त्यो सून्दर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको यात्रा
    images
    images

    माघ १७, कठमाण्डौं - करिब बिहान को समय थियो, म सधा झै आफ्नो नित्यृ कर्म गरि काममा व्यस्त थिए । आफ्नो काम, चिया पान गरि कतै घुम्न जाउ लागेको थियो । प्रत्यक महिना भित्र हप्ता हुने, हप्ता भित्र दिन, हरेक दिन अफिसको दिनचार्यल व्यस्त,। सधा झै कति व्यस्त हुनु भनि कतै घुम्न जाउँ भनि रन्नभूल्ल थिए । जान पनि काह जाउ, जाउ एक्लो छु, फेरी भाईहरु को बचन नाईनस्ति गर्न नसकिने,। अघिल्लो दिन शुक्रोबार को दिन थियो, म अफिसको कामले थकित तुल्याएको थियो। यस्तै साँझ ६, ७ बजेको हुनुपर्छ, सायद म साँझको खाना खाईबरी बिस्तारमा आरम गर्दै थिए। म हल्का किताब पढ्नतिर जागर चल्ने भएको’ले खाना पछि प्राय व्यवसाय सम्बन्धि पुस्तको हेर्ने गर्छु। म पुस्तका पढीरहेको थिए, पढिरहदा भाईद्धारा म्यासेज टेक्स्ट गर्नु भयो । भोलि  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जदेखि जामाचो पुग्ने जानकारी गराउँनु भयो। 

    images
    images
    images

    बिहान आफ्नो नित्यृ सकि समय १० बजे आफ्नो कोठा देखि निक्लिएको थिए। शनिबारको दिन सायद प्राय व्यवसाय बन्द हुने भएकाले मानिसहरु छुट्टी मनाउन आआफ्नो मनपर्ने ठाउँ घुम्न निस्किनेको जमत बढी थियो। म पनि त्यस भित्र एक यात्री थिए । म माहराञ्जगञ्ज देखि बस चढि माछापोखरी पुग्नुपर्ने करिब २० मिनेट पश्चात र्ओलिन पुगेछु। यो पहिलो पुग्नु पर्ने गन्तव्यको यात्रा भएकाले बिच बिचमा रन्नभूल्ल पर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुल गेटमा पुग्न सफल भएछु। गेटमा पुग्न साथ टिकेट काट्नु पर्ने हुन्छ।  टिकट लिन मान्छेहरुको केहि संख्यमा टिकट लिन लाईनमा पालो कुर्दै थिए । टिकटको मूल्य १०० पर्छ भने, टिकट लिसके पछि फेरी आफ्नो परिचय पत्र वा आफ्नो परिचय खुल्ने नागरिकता, आईंडी वा कुनै पनि परिचय  राख्नुपर्ने हुन्छ। यी सबै कार्यको प्रकिृया पुगिसकेपछि मूल गेटमा आर्मीद्धारा चेकजाच हुन्छ, पास भएपछि पुग्नु पर्ने गन्तव्यको यात्रा शुरु। 

    images
    images
    images

    यस निकुञ्ज क्षेत्रको शिवपुरी, विष्णुद्वार र अल्लेको लेकमा पौष माघ महिनामा छोटो समयको लागि हिमपात हुने स्थानीयहरूले बताए पनि यसपटक भने देख्न सकिएन । 

    images
    images
    images

    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरुको गन्तव्य देखि जामाचो पुग्न झण्डै २ देखि ३ घण्टाको समय लाग्ने रहेछ। सहरको धुवा धुलो अफिसको तनाव, त्यसै ल्याङल्याङ भएको शरिर, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हरियाली मनोरम रोमणीय बातवरणले बहुत मनमस्तिष्क शितलो बनाईदियो। 

    सूरुको जिरो पोईटदेखि म एक्लै हिड्न सूरु गरे, यात्राहरुको क्रममा सयौँ यात्रीहरु आवतजावत गरिरहेका थिए । म कछुवाको तालमा आफ्नो गतिलाई निरन्तर दिई रहेको थिए। यात्रा गरिरहदा सयौँ यात्रीहरु आवतजावत गरिरहे होला, कसैले कसैको मतलव थिएन । सबै आआफ्नो तालमा शिवपुरीको रमणीय बातवरण निल्यादै आनन्द लिएको हुनुपर्छ। 

    शिवपुरी नागार्जुनको मिड पोईन्टमा दोस्रोपटक आर्मीहरुद्धारा टिकट चेकजाँच हुनेगर्छ। बनजँगल यात्रा गर्द त्यस क्षेत्रमा फोहर फाल्न मनाई गरिएको छ भने, पलास्टीकजन्य चिज तथा स्पिकरहरु जस्ता साउण्ड सिस्टम निषेध गरिएको छ । 

    मिड पोईट देखि जामाचो पुग्न करिब २ कि.मी. रहेको छ। यात्रामा फलफूल तथा आयुर्बेदिक औषधी जन्य बनस्पतिहरु देख्न पाईन्छ। यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरूको बसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् । यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली्पतङ्गहरु पनि पाईन्छन् ।

    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ (सन् २००२०)  सालमा गरिएको रहेछ  । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौँको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि. (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ । यस निकुञ्जले काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको भू-भाग ओगटेको पाईएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज मानिन्छ । 

    यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रूपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरी १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाईयो । त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्षण घोषणा भएको अभिलेखामा देख्न सकिन्छ । यसै नामनुसार यस क्षेत्रको आवश्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्त्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा राजपत्रमा सूचना प्रकाशित भएको पाईयो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रूपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको रहेछ ।

    धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्त्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको महत्त्व इतिहास काल देखी नै रहँदै आएको देख्न सकिन्छ । वि.सं. २०५८ मा काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भु-भाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि. मा फैलाइएको थियो ।

    यस निकुञ्जको धरातलीय उचाई १३५० मिटरदेखी २७३२ मिटरसम्म रहेको छ । यस निकुञ्ज क्षेत्रको शिवपुरी, विष्णुद्वार र अल्लेको लेकमा पौष माघ महिनामा छोटो समयको लागि हिमपात हुने गर्दछ । यस निकुञ्जको शिवपुरी क्षेत्रको सरदर लम्बाई २० कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ । यस्तै गरी नागार्जुन क्षेत्रको सरदर लम्बाई ६ कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ ।

    यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका धार्मिक आकर्षण र महत्त्वका क्षेत्रहरु छन् । बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा, नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् । यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मुख्य रुपमा बौद्ध धर्मालम्बीहरूको सांस्कृतिक संगमस्थल मानिआएको छ ।

    त्यस भेगका स्वच्छ हावले मनमस्तिष्क लाई लोभ्याउने गर्दछ। जामाचो मा बुद्ध भिक्षुको सँझनामा मिन्दर स्थापना गरिएको छ। मन्दिर वरपर घुमफिर तथा बिदेशी पर्यटकहरु लाई सहजताको लागि पसलहरु खुलेका छन्। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियाल्न र जामाचो पुगेर काठमाण्डौँ सहर निहाल्ने जमत भने ठूलो संख्यामा भेटिने गर्दछन्।

    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्न आजको अति आवश्यक रहेको मानिन्छ। राष्ट्रिय निकुञ्ज के कसरी संरक्षण गर्न सकिन्छ भन्ने मैले अफ्नो तर्क राख्न सकिन्छ भन्ने महशुस गरे । राष्ट्रिय निकुञ्ज भित्र रहेका बिभिनन किसिमका बसोबास गर्ने बाघ भालु जस्ता अति लोपन्मुखी जिवजन्तु लाई संरक्षण गर्न अति आवश्यक छ भने त्यति नै मानव जिवन लाई सुरक्षित रुपमा घुमफिर गर्न सहज बातवरण मिलाउन निकुञ्ज संरक्षण समितिको मुख्य भुमिका रहेको छ । यात्रा गर्दा दुई दाँया बाँया भागमा तार जाली लगाई हिड्ने बाटो निर्धक्क सँग हिड्ने बातवरण मिलाउन आवश्यक ठान्दछु । एतिहासिक राष्ट्रिय निकुञ्ज भएका कारणले पनि यस क्षेत्रमा नियमक रुपमा पालना गर्न नागरिक को जिम्मेवारी रहन्छ। राष्ट्रिय निकुञ्ज भित्र त्यति फोर मैलो नदेखिए पनि, ठाउँ ठाउँमा डसबिनको अभाव रहेको महशुस गरे। यदि ठाउँ ठाउँमा डसबिन राख्न सकियो भने बन क्षेत्रका बातवरण सफा र सून्दर हुन्छन् । यात्रा गर्ने यात्रुहरु पनि सहि ठाउँ फोर फयाल्ने गर्दा फोहर मैलो पनि सहि ठाउँमा व्यवस्थापन हुन जान्छ । यसरी नै निकुञ्जालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा एउटा गतिलो छबि बनाउन सकिन्छ।

    लेखक : संजय सिँजाली मगर

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।