Logo

२०८३, आश्विन ९गते


images
images

कलाश्री सम्मान तथा पुरस्कार वितरण 

कलाश्री सम्मान तथा पुरस्कार वितरण 

images
  • कलाश्री सम्मान तथा पुरस्कार वितरण 
    images
    images

    काठमाडौं ।  नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनी अर्पण गरिँदै आएकाे राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का लागि विभिन्न स्रष्टाहरूलाई समर्पण गरिएकाे छ । बिहीबार काठमाडौंकाे पर्यटन बाेर्डमा प्रतिष्ठानकी अध्यक्ष माेमिला जाेशीकाे अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाकाे प्रमुख आतिथ्यमा आयाेजित उक्त कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई अमूल्य कलाश्री सम्मान अर्पण गरिएकाे थियाे । 

    images
    images
    images

    रू १ लाख राशिकाे कलाश्री पुरस्कार समालाेचक प्रा. डा. लक्ष्मण गाैतमलाई, रू ७५ हजार राशिकाे स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिनलाई, रू ६० हजार राशिसहितकाे थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फाेटाेग्राफर जगदीश तिवारीलाई, रू ५० हजार राशिकाे बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा. टङ्क उप्रेतीलाई तथा रू ५० हजार राशिकाे पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरिएकाे हाे ।

    images
    images
    images

    आफू सम्मानित भएपछि बाेल्दै कलाकार किरण मानन्धरले आफूले पाएकाे सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेकाे बताए । आफूले इन्जिनियरिङकाे पढाइ छाेडेर कलाका क्षेत्रमा लागेकाे फल पाएकाे पनि बताए । सम्मानले अझ अगाडि बढ्ने प्रेरणा दिएकाे उनकाे भनाइ थियाे । राष्ट्रिय कलाश्री पुरस्कार विजेता प्रा. डा. लक्ष्मणप्रसाद गाैतमले आफूले पाएकाे पुरस्कार समस्त समालाेचना जगतले पाएकाे बताए । साहित्यलाई साहित्यइतर क्षेत्रसम्म पुर्याएकाे भन्दै उनले प्रतिष्ठानकाे प्रशंसा गरे । स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारका विजेता कवि भूपिनले पुरस्कारले अझ काम गर्ने प्रेरणा दिएकाे बताए । हवाई चालक बन्ने सपना छाेडेर सिर्जनामा लागेकाे आफूले सिर्जनाकाे विमान उढाउने प्रयास गरिरहेकाे जिकार गरे । 

    images
    images
    images

    संस्थाका प्रमुख संरक्षक डा. विमल काेइरालाले याे संस्था प्रज्ञा र अभिव्यञ्जनाकाे यात्रामा हिँडिरहेकाे बताए । सभ्यताकाे आधारभूमि भनेकाे कलासाहत्य हाे भन्दै कलासाहित्य शाश्वत हुने उनले बताए । प्रमुख अतिथि बैरागी काइँलाले कलासाहित्यकाे उत्थानमा प्रतिष्ठानले पुर्याएकाे विशिष्ट याेगदानकाे प्रशंसा गरे। 

    कार्यक्रमलाई सम्बाेधित गर्दै अध्यक्ष माेमिलाले याे एक सामूहिक कार्य भएकाेले सबैकाे निरन्तर साथ आवश्यक रहेकाे बताइन् । संस्थाले पन्ध्र वर्षे मार्गचित्रलाई कार्यान्वयन गरिसकेकाे भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने बताइन् । सम्मानित र पुरस्कृत स्रष्टाहरूकाे परिचय सर्जक महेश पाैड्यालले गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कलाश्री सम्मान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।