देवदह । देवदह नगरपालिका -७ मा अवस्थित ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयले आफ्नो ३२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
कार्यक्रमको समुद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिका लागिपरेको बताएका छन् ।

प्रत्येक महिना विभिन्न सामुदायिक तथा निजि विद्यालयको प्राङ्गणमानै पुगेर शैक्षिक गतिविधिको अनुगमन र सुझाव लिने काम भएको बताउँदै नगरप्रमुख खरेलले नगरको शैक्षिक स्तर उकास्नका लागि सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए ।
विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य राजिव सापकोटाले विद्यालयले विद्यार्थी संख्यामा भन्दा शैक्षिक गुणस्तरमा जोड दिएको बताए । विद्यार्थी र विद्यालयको स्तर वृद्धिका लागि निरन्तर रुपमा योजनाबद्ध ढङ्गले लागेको बताउँदै उनले बिज्ञान प्रविधि, होटेल म्यानेजमेन्ट तथा विभिन्न अतिरिक्त क्रीयाकलापमा उत्कृष्ट नतिजा दिन सफल भएको बताए। सिप र संस्कारयुक्त विद्यार्थी उत्पादनमा शिक्षामा ग्रीनप्लान्ट माविले लगानी गरिरहेको उनको भनाई छ।
वार्षिकोत्सब समारोहमा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, मध्य पश्चिम् पृतनापति यम प्रसाद ढकाल, वासुदेव रिमाल, बोधराज गौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा २०७५ र ०७८ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ११ जना विद्यार्थीहरुलाई गोल्ड मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
अतिरिक्त क्रीयाकलाप अन्तर्गत अभिभावक तथा विद्यार्थी खेलकुदका विजेता, हाजिरी जवाफ, बक्तृत्वकला, बिज्ञान प्रदर्शनी लगायतका प्रतियोगितामा सहभागी भई विजायी प्राप्त गर्ने अभिभावक तथा विद्यार्थीलाई शिल्ड र मेडल सहित सम्मान गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पोखरेलको अध्यक्षता, विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको स्वागत र शिक्षक अशोक पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
विद्यालयमा हाल १५ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको र शिक्षक तथा कर्मचारी गरि १ सय भन्दा बढि कार्यरत रहेको विद्यालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology