देवदह । रुपन्देहीको देवदह-५ मा अवस्थित बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय २१ औँ बार्षिकोत्सव मनाएको छ । शनिबार एक समारोहबीच विद्यालयले २१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
बार्षिकोत्सव समारोहमा बोल्दै देवदह नगरपालिका नगर प्रमुख धुर्ब प्रसाद खरेलले शिक्षालाई संस्कार र सीपसंग जोड्न आवश्यक रहेको औल्याए । अबका दिनमा व्यवसायीक शिक्षा आवश्यक रहेको बताउदै प्रमुख खरेलले संस्थागत विद्यालयले पनि प्राविधिक शिक्षालाई विशेष जोड दिनु पर्ने धारणा व्यक्त गर।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, देवदह नगरपालिका–३ का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, नेपाल प्राध्यापक संघका मित्रलाल न्यौपाने, प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायाण काप्ले, प्याब्सन देवदहका बोधराज गौडेल, रामबहादुर गुरुङ्ग, विद्यालयका पुर्वअध्यक्ष चक्रपानी तिवारी, महामाया भवानी माध्यमिक विद्यालयका प्राचार्य ऋषिश्वर अर्याल लगायतले शुभकामना मंतव्य राखेका थिए ।
कार्यक्रममा ३.२५ जिपीए भन्दा बढि ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार तथा विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृति गरिएको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालयमा अध्यापनरत उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रार्चाय कृष्णप्रसाद गैरेले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद ढुंगानाको स्वागत र शिक्षक अनन्तराम भण्डारीको संचालनमा रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology