काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाका माइकल भान लिंगेन २२ रनमा रनआउट भए । यसअघि नेपालका सन्दीप लामिछानेले नामिबियाका दुवै ओपनरको विकेट लिएका हुन् ।
सन्दीपले लो ह्यान्ड्रे लोरेन्सलाई ४१ र कार्ल बिर्केनस्टोकलाई २० रनमा आउट गराए । २६ ओभरको समाप्तिमा नामिबियाले तीन विकेटको क्षतिमा १०३ रन बनाएको छ ।
यसअघि नामिबियालाई नेपालले दुई विकेटले पराजित गरेको थियो । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology