Logo

२०८३, आश्विन १०गते


images
images

तीन वर्षमा ग्यासका कारण घटे ३४ घटना, ९ जनाको मृत्यु, ४२ घाइते

तीन वर्षमा ग्यासका कारण घटे ३४ घटना, ९ जनाको मृत्यु, ४२ घाइते

images
  • तीन वर्षमा ग्यासका कारण घटे ३४ घटना, ९ जनाको मृत्यु, ४२ घाइते
    images
    images

    पत्रपत्रिका । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ ।

    images
    images
    images

    प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो ।

    images
    images
    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८/७९ मा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका १३ वटा र त्यसअघि १० वटा घटना भएको प्रहरी रेकर्ड छ ।

    यस्तै, चालू आर्थिक वर्षको साउनयताको अवधिमा मात्रै देशका विभिन्न स्थानमा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका ११ वटा घटना भएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।