Logo

२०८३, आश्विन १०गते


images
images

देवदह मेलामा यसरी झूमे दर्शक (फोटो फिचर)

देवदह मेलामा यसरी झूमे दर्शक (फोटो फिचर)

images
  • देवदह मेलामा यसरी झूमे दर्शक (फोटो फिचर)
    images
    images

    देवदह । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवको छैठौं दिन चर्चित पप /आधुनिक गायक कमल खत्रीले दर्शक नचाएका छन्। युवा पुस्ता माझ लोकप्रिय रहेका गायक खत्रीले मंगलबार भ्यालेन्टाईन डे विशेष साँस्कृतिक कार्यक्रममा दर्शक नचाएका हुन्। 

    images
    images
    images

    326258769_733903468087636_5301109204219147008_n.jpg

    images
    images
    images

    गायक खत्रीले आफ्ना चर्चित गितहरु आत्मामा तिम्रो आत्मामा, जाउला रेलैमा, माया लै लै, म गित हो तिम्रो, सधै भरि यसी गरि लगायतका प्रस्तुति दिंदा दर्शकले हुटिङ्ग सहित साथ दिएका थिए। आज प्रेम दिवस समेत भएकोले मेलामा दर्शकको सहभागिता अत्यधिक रहेको महोत्सवका साँस्कृतिक संयोजक प्रशान्त गैरेले बताए।

    images
    images
    images

    326348658_1586435635117571_6249527511525545867_n.jpg

    महोत्सवमा आधुनिक गायक कमल खत्री संगै गायिका सिर्जना खत्री, हाँस्य कलाकार दिपक थापा , देवदह आइडल (२०७५) रविन सुनार लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो। 

    'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत देवदहको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन भैरहेको छ। 

    326766973_771120051241788_540126235387936989_n.jpg

    महोत्सवमा लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको फोटो प्रदर्शनी, उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

    326448484_6010670678998916_577685632868416715_n.jpg

    मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    326301384_981766519474761_1390401723901651575_n.jpg

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।